प्रबिधि

मोबाइल एप्स सेवामा लगानी कोष

२०७३ माघ १ शनिबार, काठमाडौँ। नागरिक लगानी कोषले आफ्ना बचतकर्तालाई मोबाइल एप्लिकेसनबाट बचत रकम र विवरणबारे जानकारी दिने सेवाको सुरुआत गरेको छ । पोखराबाट शनिबारदेखि थालिएको उक्त सेवाको शुभारम्भ अर्थमन्त्रालयका राजस्व सचिव राजन खनालले गरेको कोषले जनाएको छ ।    कोषले सञ्चालन गर्ने विभिन्न कार्यक्रम, कर्मचारी बचतवृद्धि, स्वीकृत अवकाश कोष, निजामती सावधिक जीवन बिमा, शिक्षक, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र नार्कका कर्मचारीको सावधिक जीवन बिमाअन्तर्गत जम ... बाँकी अंश»

सूचना प्रबिधि क्षेत्रलाई देश बिकासको माध्यम बनाउन राजनैतिक नेतृत्व अझै तयार भएन : मन्त्री कार्की

२०७३ पौष २८ बिहिबार, काभ्रे । सूचना प्रबिधि क्षेत्रलाई देश बिकासको माध्यम बनाउन अहिलेसम्म उच्च राजनैतिक तह अझै तयार भइनसकेकोले यस क्षेत्रमा धेरै काम हुन नसकेको सूचना, संचार तथा प्रबिधि मन्त्री सुरेन्द्र कार्कीले बताएका छन् । सूचना प्रबिधि क्षेत्रमा कलम चलाउने पत्रकारहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यले प्रबिधि पत्रकार मञ्च( टिजिएफ ) ले धुलिखेलमा  आयोजित कार्यक्रमको उद्घाटन सत्रमा मन्त्री कार्कीले सो कुरा बताएका हुन् ।   सूचना प्रबिधि र टेलिकम्युनिकेशन क्ष ... बाँकी अंश»

“सुविसु क्यान ईन्फोटेक २०१७" माघ १३ गतेदेखि भृकुटीमण्डपमा

२०७३ पौष २७ बुधबार, काटमाडौं ।   सूचना र प्रबिधिको प्रबर्धन गर्ने उदेश्यले सूचना प्रबिधि क्षेत्रको सबैभन्दा ठुलो मेला “सुविसु क्यान ईन्फोटेक २०१७" आगामी माघ १३ गते देखि १८ गतेसम्म काठमाण्डौं भृकुटीमण्डप स्थित प्रदर्शनी स्थलमा आयोजना गर्ने कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले जनाएको छ । २३औं संस्करणको बृहत् सूचना प्रविधि मेलामा क्यान महासंघका सदस्य संस्थाहरु लगायत विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीहरुको ... बाँकी अंश»

टेलिकमको एक्सचेन्ज पोखरामा

२०७३ पौष २४ आइतबार, पोखरा । टेलिकमले नयाँ एक्सचेन्ज पोखरामा सुरु गरेको छ । टेलिकमले पोखराको छिनेडाँडामा नयाँ एक्सचेन्ज आइतबारबाट सुरु गरेको छ । आइतबार एक कार्यक्रम बिच सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले नेपाल टेलिकमको टेलिफोन  एक्सचेन्जको उद्घाटन गरे । कार्यक्रममा बोल्दै कार्कीले टेलिकमले पूर्वाधार र सक्षम जनशक्तिलाई भरपुर उपयोग गरेर मुलुकको दूरदराजका जनतासम्म सर्वसुलभ र गुणस्तरीय सञ्चार सेवा पुर्‍याउनुपर्ने बताए ।  कार्कीले सञ्चार सुविधा ... बाँकी अंश»

२१ ‍औँ शताब्दीका अनौठो आविष्कार

२०७३ पौष २३ शनिबार, एजेन्सी, मानिसले २१ औ शताब्दीसम्म आइपुग्दा सूचना प्रविधिको क्षेत्रमा नयाँ आविष्कार भित्र्याएको छ।ती आविष्कारलाई मानव जीवनले एकदमै महत्वपूर्णका साथ उपयोग गर्न पाउनेछन्।ती यसप्रकार रहेका छन्।    फिंगर रुलर   हामीले कुनै पनि चीजको लम्बाइ नाप्न स्केलको आवश्यकता पर्दछ। तर अब विज्ञानले फिंगर रुलरको विकास गरिदिएको छ। यो उपकरणले तपाईको औलाबाटै लम्बाइ नाप्‍नेछ।    अप ग्रेड म्यासेन्जर गो टेन्‍ना नामको यो विशेष प्रकारको डिभाइस हो ... बाँकी अंश»

‘क्यान सफ्टेक समिट २०१७ ’ सम्पन्न

२०७३ पौष २२ शुक्रबार, काठमाडौं । ‘क्यान सफ्टेक समिट २०१७ ’ सम्पन्न भएको छ । शुक्रबार काठमाडौमा क्यान महासंघले आयोजना गरेको  कार्यक्रमको मुख्य सचिव डा.सोमलाल सुवेदीले उद्घाटन गरे।  कार्यक्रममा बोल्दै मुख्य सचिव सुवेदीले नेपालमा प्रविधिको विकास र विस्तारमा क्यान महासंघले खेलेको भूमिका प्रशंसनीय रहेको वताउए । सुवेदीले सफ्टवेयरको प्रवद्र्धन तथा विकासका लागि सफ्टेक समिटलाई निरन्तरता दिनुपर्ने वताए ।   कार्यक्रमका विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सर्वज ... बाँकी अंश»

सुबिसु सत्रौँ बर्षमा

२०७३ पौष २१ बिहिबार, काठमाडौं ।  इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी सुबिसु केवलनेट प्रालि १७ औँ वर्षमा प्रबेश गरेको छ ।  सन् २००१ मा केबल टिभीबाट सेवा सुरु गरेको सुबिसुले  हाल देश भर इन्टरनेट सेवा पुर्‍याएको छ ।    कम्पनीको वार्षिकोत्सबको अवसरमा सुबिसुका प्रमुख कार्यकारी अधिकृत विनय मोहन साउदले 'सुबिसु सफलतापूर्वक १७औं वर्षमा प्रवेस गर्नुमा ग्राहकहरुको निरन्तर साथ, माया र विश्वास हो ।' भनेका छन‍् साथै उनले  ग्राहकहरुको यहि साथ, माया र विश् ... बाँकी अंश»

नक्कली प्रमाणपत्र बनाउने साइबर सञ्चालक पक्राउ, एक हजारमै एसएलसीको प्रमाणपत्र

२०७३ पौष २१ बिहिबार, काठमाडौँ । नक्कली प्रमाणपत्र बनाउने आरोपमा प्रहरीले बुधबार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सामाखुसी रानीबारीस्थित ‘आइटी भेट टेक्नोलोजी’ नामक साइबरका सञ्चालक विकास रम्तेल र कामदार भगवान् भण्डारी रहेका छन् ।    वैदेशिक रोजागरीको ठगी उजुरी परेको ऐनबहादुर थापामगरलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गर्दा उनको साथबाट प्रवेशिका परिक्षाको नक्कली प्रमाणपत्र फेला पारेपछि सोधखोजका क्रममा सो साइबरबाट रु एक हजार तिरेर ... बाँकी अंश»

अब राहदानी फाराम मोबाइलबाटै

२०७३ पौष १९ मंगलबार, काठमाडौँ। नयाँ राहदानी बनाउने सोचमा हुनुहुन्छ ? चिन्ता नगर्नु होस् । आवेदन फाराम अब आफ्नै मोबाइल फोनबाट भर्न सकिने भएको छ ।    चौँथो पुस्ताको मोबाइल सेवा प्रारम्भ भएको दुई दिनपछि एप्पलको आइओएस र एन्ड्रोइड मोबाइलबाट राहदानी फाराम भर्ने र निवेदन दर्ता गराउने सुविधा उपलब्ध भएको छ ।    सेवाग्राहीको माग र आवश्यकतालाई दृष्टिगत गरी राहदानी विभागले त्यस्तो व्यवस्था गरेको हो । सूचना प्रविधिको उपयोग गर्दै विभागले विकास गरेको ‘मोबाइल एप्स नेपा ... बाँकी अंश»

वल्र्डलिंकले नयाँ बर्षमा ल्यायो अफर

२०७३ पौष १९ मंगलबार, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनि वर्ल्डलिङ्कले अंग्रेजी नयाँ बर्ष २०१७ को अवसरमा इन्टरनेट जडान गर्ने ग्राहकलाई ६ गुणासम्म थप डाटा उपलब्ध गराउने अफर सार्वजनिक गरेको छ ।     कम्पनीका कार्यकारी निर्देशक विजय जालानका अनुसार, कम्पनीले निशुल्क जडान र निशुल्क राउटर उपलब्ध गराउने छ । कम्पनीले टिभी हेर्ने नयाँ प्रविधि इन्टरनेट प्रोटोकल (आइपी) टिभीसमेत ३ महिनासम्म निशुल्क उपलब्ध गराउने छ । आइपी टिभी जडान गर्न लाग्ने सेटअप बक्स ५० प्रतिशत छुटम ... बाँकी अंश»

ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली सुरु

२०७३ पौष १७ आइतबार, भीष्मराज ओझा,काठमाडौँ। सरकारले ट्याक्सी चढ्दा सर्वसाधारण नठगिऊन् भनेर सोमबारदेखि काठमाडौँ उपत्यकाभित्रका ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर) जडान गर्ने कामको सुरुआत गरेको छ ।    उद्योग मन्त्रालय, नेपाल गुणस्तर तथा नापतौल विभागले हाल सञ्चालनमा रहेका मिटरजडित ट्याक्सीमा अनिवार्य रुपमा कम्प्युटर बिलिङ प्रणाली कार्यान्वयन गर्न तालिका बनाई जाँच पास गराउन सूचित गरेको छ । विभागले यसअघि नै मिटरमा प्रिन्टर जडान गरी ट्याक्सी टेम्पो ए ... बाँकी अंश»

कालीगण्डकीबाट एकल प्रयासमा दुई किलोवाट विद्युत् उत्पादन

२०७३ पौष १७ आइतबार, बेनी । म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारका एक व्यक्तिले कालीगण्डकी नदीमा उपकरण जडान गरी दुई किलोवाट विद्युत् उत्पादन गरेका छन् । दैनिक हुने विद्युत्भार कटौतीबाट आजित भएपछि बेनीबजारवासीलाई वैकल्पिक ऊर्जाका बारेमा जानकारी गराउन म्याग्दी ऊर्जा प्राविधिक सेवा केन्द्रका सञ्चालक दुर्गाप्रसाद श्रेष्ठले खुल्लामञ्च नजिकको कालीगण्डकीबाट दुई किलोवाट क्षमताको विद्युत् उत्पादन सुरु गरेका हुन् ।     तत्काललाई अस्थायी रुपमा सञ्चालन गरे पनि सबै ... बाँकी अंश»

आईतबार टेलिकमले फोर जी सेवाको उद्घाटन गर्ने

२०७३ पौष १५ शुक्रबार, काठमाडौं । नेपाल टेलिकमले आईतबार फोरजी सेवाको औपचारिक उद्घाटन गर्ने तयारी गरेको छ । टेलिकमले शुक्रबार विज्ञप्ती जारी गर्दै आईतबार दिउँसो साढे १२ बजे सोल्टी होटलमा विशेष कार्यक्रमको आयोजना गरी फोर जी सेवाको उद्घाटन गर्न लागेको जनाएको हो । आईतबार आयोजना गरिएका एक कार्यक्रमबीच सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले कार्यक्रम उद्घाटन गर्ने कार्यक्रम रहेको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिईन् । दूरसञ्चार प्राधिकरणले उप ... बाँकी अंश»

रोल्पामा माग अनुसार उपलब्ध भएन टेलिकम सेवा

२०७३ पौष १३ बुधबार, लिबाङ (रोल्पा) । नेपाल टेलिकम रोल्पाले जिल्लामा ग्राहकको माग अनुसार ल्याण्डलाइन फोन र एडीएस्एल् सेवा उपलब्ध गराउन सकिरहेको छैन । टेलिकम कार्यालय रोल्पाका प्रमुख कैलाश आचार्यका अनुसार लिबाङ एक्सचेन्ज मार्फत ३८० वटा ल्याण्ड लाइन फोन र १८५ वटा एडीएस्एल् सेवा वितरण भएको भएपनि लिबाङका लागि मात्र करिव १०० ल्याण्ड लाइन फोन र करिव ८० वटा एडीएस्एल् अझै अपुग भइरहेको छ ।    त्यसैगरी जिल्लाको दोश्रो ब्यापारिक केन्द्र सुलिचौर बजारमामा हालसम्म करिव १०५ ... बाँकी अंश»

गुगलको शक्ति २०१७ देखि पूर्ण रुपमा हावा र घामको भरमा !

२०७३ पौष १२ मंगलबार, काठमाडौं । विश्वको सबैभन्दा ठूलो सर्च इन्जिन गुगलले २०१७ को अन्तिमसम्म आफू पूर्ण रुपमा नवीकरणीय उर्जामा निर्भर हुने घोषणा गरेको छ । गुगलले सन् २०१२ मा नै अबको ५ वर्षमा आफू पूर्णतया नवीकरणीय उर्जा प्रयोग गर्ने कम्पनी बन्ने प्रतिज्ञा गरेको थियो । त्यसै अनुरुप उसले २०१६ को अन्तिममा आफू पूर्णतया नवीकरणीय उर्जाको प्रयोग गर्ने घोषणा दोहोर्याएको हो । यसको लागि गुगलले एग्रेसिभ रुपमा आफै खनिज तथा विभिन्न चट्टानहरुबाट नवीकरणीय उर्जा उत्पादन गर्न थालिसके ... बाँकी अंश»

सामाजिक संजालको विकृति बढ्दो, फेसबुकबाट ठगी गर्ने झापेली पक्राउ

२०७३ पौष १२ मंगलबार, सुरुङ्गा । के तपाई सामाजिक सञ्जाल फेसबुक चलाउँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने होस् गर्नुहोस् । फेसबुककै माध्यमबाट साथी बनिएकाले विभिन्न आश्वासन देखाएर तपाईलाई ठग्न सक्छन् ।    फेसबुकको साथीको भर पर्दा बिर्तामोड नगरपालिका–७ निवासी सुष्मा प्रधान राई ठगिएकी छिन् । फेसबुकमा बनाएको साथी माटिन एन्थोनी मार्टको भर पर्दा उनी ठगिएकी हुन् ।    उनीलाई मार्टले आफू युकेमा रहेको र युकेबाट एप्पलको आइफोन, ल्यापटप र आइप्याड पठाइदिएको भन्दै ठगी गरेक ... बाँकी अंश»

विद्युत् अभावका कारण तीनवटै टेलिसेन्टर बन्द

२०७३ पौष ७ बिहिबार, जुम्ला । जिल्ला हुलाक कार्यालय, जुम्लाद्वारा स्थापना गरिएका यहाँका तीनैवटा टेलिसेन्टर बन्द भएका छन् । विसं २०६५ सालमा स्थापना गरिएका टेलिसेन्टर बन्द हुँदा हुलाकको सेवा प्रवाहमा पनि समस्या आएको छ ।    टेलिसेन्टर बन्द हुनुमा विद्युत् अभाव प्रमुख कारण रहेको कार्यालय प्रमुख निर्मला मल्लले जानकारी दिइन् । बजारमा विद्युत विद्युत्भार कटौती र कार्यालयमा वैकल्पिक उपाय नभएका कारण टेलिसेन्टर बन्द भएको उनले बताइन् ।     “कार्यालयका साथै अति द ... बाँकी अंश»

अझ धेरै सुबिधा सहित 'डिजिटल नेपाल' नयाँ भर्जनमा

२०७३ पौष ५ मंगलबार, काठमाडौं।  छोटो समयमा नै नेपाली प्रयोगकर्ता माझ लोकप्रीय एप 'डिजिटल नेपाल' ले आफ्नो नयाँ संस्करण २.१.१.२, सार्वजनिक गरेको छ। प्रयोगकर्ताले एप्मा भएका विभिन्न सामग्रीहरु प्रयोग गर्ने तरिका साथै सुस्त गतिको इन्टरनेट सुविधा भएको ठाउँमा पनि एपमा भएका सामग्रीहरु पहिले भन्दा चाडो खुल्ने बनाएकोले गर्दा प्रयोगकर्तालाई पहिले भन्दा प्रयोगमा अझ सहज हुने “डिजिटल नेपाल” एप निर्माता कम्पनि आई-टेक नेपालले बताएको छ।   डिजिटल नेपाल एपमा पाउन सकिने से ... बाँकी अंश»

महावीर पुनको सपना साकार हुँदैः आविष्कार केन्द्रका लागि साढे पाँच लाख सङ्कलन

२०७३ पौष ३ आइतबार, बेनी । म्याग्दीको राम्चे र हिस्तान गाविसका बासिन्दाले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रका लागि पाँच लाख २७ हजार रुपैयाँ सङ्कलन गरेका छन् । म्याग्दीको राम्चेमा जन्मिएका महावीर पुन राष्ट्रिय आविष्कार केन्द्रको अभियानमा जुटिरहेका बेला गाउँलेले उनको अभियानलाई सफल बनाउन सो रकम सङ्कलन गरेका हुन् ।    आविष्कार केन्द्रका लागि राम्चे गाविसबाट रु तीन लाख सङ्कलन भएको छ भने हिस्तानबाट करिब रु साढे दुई लाख सङ्कलन भएको छ ।    गाविसका समाजसे ... बाँकी अंश»

अब मोबाइल सेट उत्पादन नेपालमै

२०७३ मङ्सिर २९ बुधबार, चितवन । भारतीय मोबाइल उत्पादक कम्पनी फास्टट्रयाक कम्युनिकेसन प्रालिले नेपाली व्यवसायीसँग सहकार्य गरेर नेपालमै मोबाइल सेट उत्पादन गर्ने भएको छ । उक्त कम्पनीले नेपालका व्यवसायीको कम्पनी प्रभु मोबाइल प्रालिसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौतापत्रमा प्रभुका तर्फबाट प्रबन्ध निर्देशक अर्जुन शर्मा र फास्टट्रयाकका तर्फबाट कम्पनीका निर्देशक योगेश चौगले हस्ताक्षर गरे। चौगले आउँदो एक वर्षभित्रमा नेपालमा मोबाइल सेट उत्पादन कम्पनी स्थापना ... बाँकी अंश»

नयाँ