arrow

सामाजिक सञ्जाल सगुनले विश्वब्यापी रुपमा लगानीको अवसर खोल्यो

logo
प्रकाशित २०७३ असार १६ बिहिबार
sagoon-private-placement-invest.jpg.jpeg
काठमाडौँ। नेपाली लगानीमा अमेरिकामा स्थापित सामाजिक सञ्जाल सगुन डटकमले कम्पनीको पहिलो चरणको निष्कासन (आइपिओ)मा इच्छुक तथा योग्य लगानीकर्ताका लागि लगानीको अवसर खुल्ला गरेको छ।
 
वासिङ्टन डिसीमा प्रधान कार्यालय रहेको सगुनले लगानी गर्न चाहने योग्य लगानीकर्तालाई कम्तीमा पाँच हजार लगानी गर्ने अवसर प्रदान गरेको सगुनको नेपाल कार्यालयले बुधबार पत्रकारसम्मेलन गरी जानकारी दिएको छ।
 
“प्रयोगकर्तामाझ पुगेर सगुनलाई एउटा उदाहरणीय सामाजिक सञ्जाल बनाउन र अन्य सामाजिक सञ्जालमा प्रयोगकर्ताले भोग्नुपर्ने नकारात्मक अनुभव हटाउनका लागि हामी लागिपरेका छौँ”, कम्पनीले जारी गरेको विज्ञप्तिमा सगुनका संस्थापक गोविन्द गिरीले बताएका छन्।
 
उनले विश्व बदल्ने लक्ष्य लिएको सगुनमा सार्वजनिक सहभागिता जनाएर सहकार्य गर्न लगानीको मौका प्रदान गरिएको र यसका लागि कानुनीरुपमा बाटो खोलिदिएकोमा युएस जब्स एक्टलाई धन्यवाद दिए।
 
विश्वब्यापी रुपमा फैलिएको सामाजिक सञ्जाल सगुनले विश्वभर रहेका लगानीकर्तालाई क्राउडफन्डिङ पहलमा बैंकरोलमार्फत अवसर प्रदान गरिरहेको कम्पनीले जनाएको छ। सेयर खरिदबाट आएको पुँजीबाट सगुनको प्रयोगकर्ता विस्तार गर्ने, थप नयाँ विशेषता बढाउँदै जाने र मोबाइल एपको सुरुवात गरिने छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ