arrow

पूर्वमन्त्री मङ्गलसिद्धि मानन्धरको निधन

logo
प्रकाशित २०७३ असार १७ शुक्रबार
Mangal.jpg.jpeg
काठमाडौँ। सङ्घीय समाजवादी फोरम नेपालका नेता एवम् पूर्वमन्त्री डा मङ्गलसिद्धि मानन्धरको ७५ वर्षको उमेरमा आज नर्भिक अस्पतालमा निधन भएको छ । 
 
मूत्र प्रणालीको क्यान्सरबाट पीडित मानन्धरलाई असार १० गते नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनको आज बिहान १०:४५ बजे निधन भएको अस्पतालका सञ्चार अधिकृत आएपी मैनालीले जानकारी दिए । 
 
उनलाई मूत्र प्रणालीका क्यान्सर विशेषज्ञ डा रोविन जोशीको टोलीले उपचार गरेका थिए । उनि दुई महिनाअघि मात्र भारतको राजिव गान्धी अस्पतालमा क्यान्सरको उपचार गरी स्वदेश फर्किएका हुन् । मानन्धरका श्रीमती, दुई छोरा र एक छोरी छन् । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि त्रिचन्द्र कलेजमा राखिने र भोलि मात्र अन्तिम संस्कार गरिने परिवारले बताएको छ । 
 
मानन्धर राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत हुन् । पछिल्लो समय उनि सङ्घीय समाजवादी फोरम सल्लाहकार परिषद्का सभापति थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ