arrow

दोषीलाई कारवाही गर्न अनेरास्ववियुको माग

logo
प्रकाशित २०७३ असार १८ शनिबार
akhil-new-photo.jpg.jpeg
काठमाडौं । ललितपुरको टौखेलमा पर्खाल भत्किएर दुई जनाको मृत्यु भएको घटनाप्रति अनेरास्ववियुले खेद प्रकट गरेको छ । अनेरास्ववियुका प्रवक्ता सुदीप शर्माले प्रेष विज्ञप्ति जारी गदैं दोषीमाथि कडा कारवाही एवम् मृत्यु भएका परिवारलाई क्षतिपुृर्तिको व्यवस्था मिलाउन माग गरेका छन् । 
 
वर्षा सुरु भएसँगै देशभरको जनजीवन प्रभावित भइरहेका बेला देशभरका विद्यालयको भौतिक संरचनाको अनुगमन गरी जीर्ण संरचनाबाट विद्यार्थी स्थान्तरण गर्न हाम्रो संगठन जोडदार माग गर्दछ । शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । अव उप्रान्त यस्ता घटना नहोस् भन्नका लागि दोषीमाथि कार्वाही हुर्नै पर्ने प्रवक्ता शर्माले बताए । 
 
शुक्रवार ललितपुरको टौखेलस्थित पुष्पाञ्जली बोर्डिङ् स्कुलको पर्खाल भत्किएर विद्यार्थीहरूलाई च्याप्दा दुई जनाको मृत्यु एवम् २० जना घाइते भएका थिए । जग्गा व्यवसायीले लगाएको ढुंगाको पर्खाल भत्कँदा कक्षा कोठा भत्किएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ