arrow

जापानमा गिरिजाबाबु सम्झिइए, जनसम्पर्क समितिको अधिवेशन बारेमा चर्चा

logo
प्रकाशित २०७३ असार १९ आइतबार
japan-janasamparka.jpg.jpeg
जापान। नेपाली जनसम्पर्क समिती जापान कान्तो क्षेत्रको आयोजनामा जापानमा गिरीजा प्रसाद कोइरालाको ९३ औ जन्मजयन्ती मनाइएको छ। सिनओकुबो स्थित नेपाली मुरा हलमा मनाईएको जन्मजयन्ती समारोहमा कार्यबाहक सभापती पुस्करजँग थापा, उपसभापति डिपी कँडेल, महासमिती सदस्य महेश कुमार श्रेष्ठ, चिरन्जीबी थापा, महाधिबेसन प्रतिनिधी पासाङ शेर्पा, राजेन्द्र जमर्कट्टेल, सुबास लोहनी सहभागि थिए। 
 
निबर्तमान संयोजक भुपी गोबीन्द श्रेष्ठ, केन्द्रीय सदस्यहरु बाबुराम सापकोटा, धुर्व थापा, कोषाध्यक्ष पेम्बा लामा, एनआरएन जापानका उपाध्यक्ष टाँसी लामा, कान्तो क्षेत्रीय सल्लाहाकार प्रेम प्रसाद कँडेल, लक्ष्मण थापा, सुरेस गिरी निवर्तमान कान्तो सचीब टिकाराम खरेल लगायत शुभेच्छुकहरुको सहभागीता थियो। 
 
यसैबीच जनसम्पर्क समिती जापान कान्तो क्षेत्रको पहिलो बैठकले ५ जना सल्लाहकार र ५ जना सदस्य मनोनीत गरेको छ। मनोनीत सल्लाहकारहरुमा निबर्तमान सभापती प्रेम प्रसाद कडेल, लक्ष्मण थापा, सुरेस गिरी, छवाङ नुर्वु लामा, निकेश सिङ श्रेष्ठ छन्। त्यस्तै सदस्यहरुमा शरदराज लामिछाने, गायत्री शर्मा सापकोटा, शङ्कर सापकोटा, दिनेश बम्जन र रोशन अधीकारी छन्। आवश्यकता अनुसार बिधानमा सदस्यहरुको संङ्ख्या किटान नगरीएकोले आगामी बैठकमा केही सदस्य र सल्लाहकार मनोनीत गर्ने सभापती यदुराम सापकोटाले बताए। 
 
कान्तो क्षेत्रको आगामी बैठक जुलाई १७ तारीक आईतबार गर्ने निर्णय भएको छ। बैठकको समय साँझ ५ बजे देखी तोकिएको छ भने स्थान पछि जानकारी गराईने सापकोटाले जानकारी दिएका छन्। अगस्ट १४, २१ र २४ तारिख गरि तीन चरणमा टोकीयोमा हुन लागेको जनसम्पर्क समिती जापानको छैठौ अधिबेशनको लागि सोही बैठकबाट तयारीमा लाग्ने, सोही दिन स्वयमसेवकको भुमिका निभाउन केन्द्रले कान्तो क्षेत्रलाई आग्रह गरेकोले केन्द्रको सल्लाह बमोजीम स्वयमसेवक खटाउने पनि सापकोटाले जानकारी दिए।
 
कार्यसमितीको बैठकबाट सुदुर पश्चीमबाट हाल जापानमा आएर कार्यरत क्यान्सर रोगबाट पिडित खेमराज भट्टको निम्ती सहयोग संकलन अभियान तिब्र बनाउने निर्णय पनि गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ