arrow

इराकमा भएको आत्मघाती विष्फोटमा १२५ को मृत्यु, १५० बढी घाइते, तीन दिने राष्ट्रिय शोक

logo
प्रकाशित २०७३ असार २० सोमबार
bagdad.jpg.jpeg
बग्दाद । इराकको  राजधानी बग्दादको व्यापारिक इलाकामा आइतबार गराइएको आत्मघाती कारबम आक्रमणमा मृत्यु हुनेको संख्या एक सय २५ पुगेको छ । आक्रमणमा परी एक सय ५० जनाभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । 
यो आक्रमणलाई राजधानी बगदादमा यस वर्ष भएका एकल आक्रमणहरूमा सबभन्दा भीषण आक्रमण भएको बताइएको छ । आतंककारी अतिवादी समूह इस्लामिक स्टेट आईएसले यो घटनाको जिम्मा लिएको छ । 
 
इराकको फल्लुजा सहर आईएस आतङ्ककारी समूहबाट पूर्ण रूपमा इराकी बलले नियन्त्रणमा लिएको एक हप्तापछि यो भीषण आक्रमण भएको हो । मुस्लिमहरुको महान् चाड रमदानको समापनका लागि पसल गएका परिवार सो घटनामा परेको इराकी अधिकारीलाई उधृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
 
घटनास्थलमा पुगेर इराकी प्रधानमन्त्री हैदर अल अबादीले सान्त्वना दिन खोज्दा पीडितहरुबाट प्रधानमन्त्रीमाथि नै आक्रमणको प्रयास भएको थियो । प्रधानमन्त्री अबादीले पीडितहरुको आक्रोशबाट पाठ सिकेर तीन दिने राष्ट्रिय शोकको घोषणा गरेकोसमेत जनाइएको छ । आईएसले नै गरेको आक्रामणमा बंगलादेशमा शनिबार २० जनाको मृत्यु भएसंगै त्यहाँ पनि दुई दिने राष्ट्रिय शोकको घोषणा गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ