arrow

लाङटाङ्गको वेडेन पावेल स्काउट पिकमा प्रकाशराले झण्डा फहराए

logo
प्रकाशित २०७३ असार २० सोमबार
nepal-scaut-prakash-new.jpg.jpeg
काठमाडौं । नेपाल स्काउटका स्काउटर प्रकाशराज पाण्डेले वेडेन पावेल स्काउट पिकमा नेपाल स्काउटको झण्डा फहराएका छन् । रसुवाको लाङटाङ्गस्थित ५८९० मिटर उचाईमा रहेको पावेल स्काउट पिकमा पाण्डेले यही असार १२ गते साँझ ७ बजे सफल आरोहण सहित स्काउटको झण्डा फहराएका हुन् । उनले साथमा नेपाली राष्ट्रिय झण्डा समेत बोकेका थिए । 
 
सो वेडेन पावेल स्काउट पिक सफल आरोहण गर्ने पाण्डे नेपाल स्काउटको दोश्रो आरोही हुन् । यद्यपि, उनी छोटो अवधिमा आरोहण गर्ने भने पहिलो स्काउटर हुन् । नेपाल पर्यटन बोर्डले पाण्डेलाई लाङटाङ्गको सफल आरोहण गरेको प्रमाण पत्र दिएको छ ।
 
नेपाल स्काउटको वार्षिक समारोहको अवसरमा यही असार ५ गते आयोजित विषेश समारोहबीच स्काउटका प्रमुख आयुक्त रविन दाहालले प्रकाशराज पाण्डेलाई नेपाल स्काउटको झण्डा हस्तान्तरण गरेका थिए ।  विश्व स्काउटको एक सय वर्ष पूरा भएको अवसरमा नेपाल स्काउटको आग्रहलाई स्वीकार्दै सरकारले रसुवास्थित उर्केमा हिमाललाई विश्व स्काउटका प्रवद्र्धक लर्ड वेडेन पावेलको नाममा वेडेन पावेल स्काउट पिक नामाकरण गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ