arrow

स्वर्ग मिल्ने भन्दै बाबाको भेषमा यौनपिपाशु

logo
प्रकाशित २०७३ असार २१ मंगलबार
babaka-nam-ma-yoon.JPG.jpeg
नयाँदिल्ली । भारतको जयपुरमा आफ्ना भक्त र शिष्याहरुलाई बलात्कार गरेको आरोप लागेका बाबारुपी एक यौनपिपाशु वेपत्ता भएको खवर छ । सोमबार बिहान स्थानीय समयअनुसार ११ः३० बजे दिल्लीस्थित आफ्नै घरमा देखिएको सो व्यक्ति त्यसपछि वेपत्ता भएको भन्दै प्रहरीले खोजी गरिरहेको छ । 
 
प्रहरीका अनुसार उनकी खास शिष्याले महिलाहरुलाई बाबासंग एकान्तमा पठाउने काम गर्थिन् । दिल्लीस्थित प्रहरीले पीडित महिलाहरुलाई सम्पर्क गरी आरोपी बाबाको खोजी गरिरहेको जनाएको छ । 
 
रजनीश ग्रोवर नाम राखेकोे अशोक कुमारले हरेक सोमबार दिल्लीस्थित छतरपुर मार्गमा रहेको एक सत्संग स्थलमा प्रवचन दिने काम गर्दथे । उनले आफ्ना भक्तजनलाई सात्विक जीवन जीउने उपदेश दिन्थे ।
 
अनि अरु महिलासंग अश्लील हर्कत गर्ने गरेको जनाइएको छ । उनकी खास शिष्याबाटै उनले यौनआनन्द लिने गरेको बताइएको छ ।
 
‘जसलाई बाबाको आशिर्वाद मिल्छ उसलाई स्वर्ग प्राप्त हुन्छ’ यौनपिपाशु बाबाकी खास शिष्याले महिलाहरुलाई यौनका लागि उक्साउने गरेको खुलासा भएको हो । एजेन्सी  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ