arrow

करिना गर्भवतीको खबरले भड्किन् सैफकी पुर्व श्रीमती अमृता

logo
प्रकाशित २०७३ असार २१ मंगलबार
amrita-saif.jpg.jpeg
एजेन्सी । लामो समयको सम्बन्ध पछि  करिना कपूर खान गर्भवती भएकी छन् । सो कुराको जानकारी उनका श्रीमान् सैफ अली खानले दिएका हुन् । इन्डिया टुडेका अनुसार करीना गर्भवती भएको बारे एउटा भारतिय अनलाइनले सैफ अली खानको पुर्व श्रीमती अमृता सिंहसँग प्रतिक्रिया लिइएको छ ।
 
 प्रतिक्रियामा अमृताले भनिन्, ' यो प्रश्न गर्ने हिम्मत तिमिलाई कसले दियो ? तिमि फरक मानिसलाई यस्तो प्रश्न किन गर्छौ ? मलाई प्रश्न गर्ने तिमि को हौँ ? झुकिएर पनि मलाई फोन नगर्नु ।'   
 
अमृता र सैफको विवाह सन् १९९१ मा भएको थियो । उनिहरु बिचको सम्बन्ध सन् २००४ सम्म चलेको थियो । सैफ-अमृताको एक छोरा र छोरी छन् ।
 
सैफ र करिनाको विवाह सन् २०१२ मा भएको हो । सैफले दुई दिन पहिले सञ्चारमाध्यलाई , "मेरो श्रीमति र म यो भन्न चाहान्छौ कि हामि आफ्नो पहिलो सन्तानलाई डिसेम्बर जन्म दिन गइरहेका छौ ।  हामि आफ्नो सबै शुभचिन्तकलाई शुभकामना र समर्थकलाई धन्यवाद दिन चाहान्छौ ।" भनेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ