arrow

ललिपप खाने बानी छ ? होसियार ! ललिपपमा हानिकारक रसायन भेटियो

logo
अन्जली रम्तेल
प्रकाशित २०७३ असार २२ बुधबार
lollipop.jpg.jpeg
काठमाडौँ । स–साना नानीले रमाई रमाई ललिपप खाएको त हामीले सधैँ देखेका छौँ । हामीले पनि बालबालिकाको खुसीका लागि उनीहरुलाई मनपर्ने भन्दै ललिपप किनेर लगिदिने गरेका छौँ । 
 
अब भने बालबालिकालाई मनपर्ने ललिपप खुवाउन पनि सावधान हुनुपर्ने अवस्था आएको छ । गुडलाइफ ग्लोपप नामक ललिपप खाएकै कारण बर्दिया सानोश्री ताराताल नगरपालिका–५ का चारजना स्कुले बालबालिका बिरामी परेपछि ललिपपमा अखाद्य वस्तुको समिश्रण हुने गरेको तथ्य बाहिर आएको छ । 
 
एसियन बिस्कुट्स कन्फेक्सनरी प्रालि दुहवी, सुनसरीद्वारा उत्पादित अहिले पनि बिक्री–वितरण भइरहेको उक्त ललिपप खाएका कारण बर्दियाका चार बालबालिका बिरामी भएको राष्ट्रिय उपभोक्ता मञ्चले दाबी गरेको छ । 
 
मञ्चले यहाँ पत्रकारसम्मेलनको आयोजना गरी बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पु¥याइरहेको उक्त ललिपप बिक्री–वितरण गर्न रोक लगाउन सरकारसँग माग गरेको छ । 
ललिपप खाएकै कारण बालबालिका बिरामी परेको भन्ने घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको र त्यसलगत्तै उक्त ललिपपको गुणस्तर जाँच गर्दा त्यसमा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने अखाद्य वस्तु भेटिएको मञ्चले जनाएको छ । 
 
मञ्चका अध्यक्ष प्रेमलाल महर्जनका अनुसार ललिपप समात्ने स्टिकमा मेलाइक एसिड भन्ने रसायनको मात्रा अधिक रहेको र ललीपप बनाउँदा प्रयोग गरिने स्याउको जुस र उक्त रसायनको समिश्रणका कारण क्यान्सरसम्म हुन सक्ने रसायन बन्ने गरेको तथ्य फेला परेको छ ।
 यसको नियमित प्रयोगले सुरुमा जिब्रोे फुट्ने, घाँटीमा समस्या आउने र अन्तिममा घाँटीको क्यान्सरसम्म हुन सक्ने देखिएको छ । 
 
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यस विषयमा गरेको विश्लेषण प्रतिवेदनले उक्त ललिपपमा प्रयोग हुने स्टिकमा खाद्य ऐन, २०२३ को मापदण्डविपरीत अखाद्य वस्तुको प्रयोग भएको देखिएको छ । 
 
विभागले तोकेको मापदण्डअनुसार सुगर ब्वाइल्ड कन्फेक्सनरीमा अखाद्य वस्तु जस्तैः सिटी, बेलुन, प्लास्टिक खेलौना र अन्य हानिकारक वस्तु तथा सेवन गर्दा स्वास्थ्यमा हानि पु¥याउने अन्य वस्तु राख्न नपाइने उल्लेख भएपनि उक्त ललिपपमा प्लास्टिकको नलीभित्र सजिलै भाँचिने ग्लास ट्युब रहेको र उक्त ट्युबभित्र पहिचान हुन नसकेको चम्किने र गन्ध आउने रसायन भेटिएको भन्ने नतिजा विभागको परीक्षणमा देखिएको थियो । 
 
अध्यक्ष महर्जनले कार्यक्रममा प्रत्यक्ष देखाउँदै ललिपपको स्टिकमा प्रयोग भएको एक किसिमको प्लास्टिकको पाइपनलीलाई घर्षण गर्दै अलिकति बङ्ग्याउनुभएको थियो, बङ्ग्याउनासाथ नलीभित्रको एक प्रकारको झोल स्वतः बग्न थाल्यो ।
 
 उनले भने, “यो कुरा बालबालिकाका लागि अत्यन्त कौतुहल र आकर्षक लाग्ने चीज हो तर त्यही चीजका कारण उनीहरुको स्वास्थ्यमा असर परिरहेको छ ।” 
 
विभागले यही असार १ गते नै ललिपपका उत्पादकलाई त्यस्तो अखाद्य वस्तुको उत्पादन बन्द गर्न र बजारमा बिक्री–वितरणका लागि गइसकेका सामान फिर्ता लिन लगाउन आदेश दिइसकेको भएपनि झापा, सुनसरी, मोरङ, स्याङ्जा, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, बाँके र बर्दियामा अझै पनि बिक्री–वितरण भइरहेको अध्यक्ष महर्जनले बताउए ।
उनले गत जेठ १८ गते विभागलाई उपभोक्ताको स्वास्थ्य र उपभोक्ता हक अधिकारमाथि खेलबाड गरी आफ्नो उत्पादनको बिक्री–वितरण बढीभन्दा बढी अधिकतम नाफा मात्र खान खोज्ने उत्पादकमाथि हदैसम्म कानुनी कारबाही हुनुपर्ने भन्दै मञ्चले आग्रह गरेको बताए । 
 
विभागले उक्त अखाद्य वस्तुको उत्पादन बन्द गर्न र बजारमा बिक्री–वितरणका लागि गइसकेका सामान फिर्ता लिनका लागि आदेश दिने काम मात्र गरेकाले आफूहरुले पुनः असार १ गते कानुनी कारबाही पनि गर्न तोकतापत्र लेखेको उनले जानकारी दिए । 
 
त्यति हुँदा पनि उत्पादक कानुनी कारबाहीमा नआएकाले मानव स्वास्थ्यमा खेलबाड गर्ने उत्पादकमाथि कारबाही गर्न उनले सरकारसँग माग गरे । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ