arrow

भोलि ईद : सार्वजनिक बिदा

logo
प्रकाशित २०७३ असार २२ बुधबार
eidddddddd.jpg.png
काठमाडौँ । भोलि असार २३ गते बिहीबारका दिन इस्लाम धर्मावलम्बीको पर्व ईद इदुल्ल फित्र परेकाले सरकारले सार्वजनिक बिदा दिएको छ । 
 
गृह मन्त्रालयले आज जारी गरेको सूचनामा उक्त दिन नेपाल राज्यभर सार्वजनिक पर्व बिदा दिने निर्णय भएको जनाइएको छ । 
 
यसअघि हिजो आजलाई बिदा दिने अफबाह फैलाइएपछि गृहमन्त्रालयले विज्ञप्ति नै निकालेर बिदा नभएको जनाएको थियो । 
 
मन्त्रालयले यस सम्बन्धमा कुनै सूचना प्रकाशन नगरेको तथा मन्त्रालयका प्रवक्ताद्वारा कोहीकसैलाई बिदाका सम्बन्धमा निर्णय भएको भनी सूचना वा जानकारी नदिएको विज्ञप्तिमा उल्लेख गरेको थियो । 
 
ईदको सम्बन्धमा सो धर्मका धर्मगुरुले निर्णय गर्ने र उनीहरुको अझै कुनै निर्णय नआइसकेको कुन दिन ईद पर्ने अझै यकिन नभएको भन्दै गृहले आज बिदा नभएको स्पष्ट पारेको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ