arrow

फोनपेको ‘रिफर एण्ड अर्न’ अफर योजना, एक लाख रुपैयाँ सम्म जित्न सकिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १५ मंगलबार
fonepay-reffer-offer.jpg

काठमाडौँ। फोन पे पेमेन्ट सर्विस लिमिटेडले ‘रिफर एण्ड अर्न’ अफर ल्याएको छ। जसमा ‘फोन पे अफर एप’ मा भएको ‘युनिक रिफरल कोड’ प्रयोग गरेर रिफर गर्दा २५ सय सम्मको रिवार्ड प्वाइन्ट जित्न सकिनेछ। साथै दैनिक सबैभन्दा बढी रिफर गर्नेले एक हजार रुपैयाँप्राप्त गर्न सकिन्छ। यस योजनामा २०७८ असार ३१ गतेसम्म सबैभन्दा बढी रिफर गर्नेले १० हजार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

यस योजनाको बम्पर उपहारमा तीन जनाभन्दा बढिलाई रिफर गर्जनेमध्येबाट गोला प्रथामार्फत एक लाख जित्न सकिनेछ। अफर एपबाट रिफर गर्नका लागि ‘फोनपे अफर एप’ डाउनलोड गर्नुपर्नेछ। यो एप डाउनलोड गरी लगइन गर्नेहरू मध्ये एक जनाले आइफोन १२ जित्न सकिने छ।

फोनपे अफर एपमार्फत च्यालेन्ज एसेप्ट गरी विभिन्न किसिमका भुक्तानी गर्दा दैनिक एक हजार र साप्ताहिक रूपमा २ हजार रुपैयाँ जित्न सकिनेछ। फोनपे अफर एपमा विभिन्न व्यवसाय तथा मर्चेन्टले दिएका अफर तथा छुटहरूबारे जानकारी पाउन सकिन्छ । फोनपे अफर एपमा भुक्तानी गर्दा पाएको रिवार्ड प्वाइन्टबाट विभिन्न सामान हरू पनि किन्न सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख गरिएको छ।

फोन पे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्र बैङ्कबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो। फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आबद्ध छन् भने ३ लाख ५० हजार भन्दा बढी मर्चेन्ट रहेका छन्। एक करोड ३० लाखभन्दा धेरै मोबाइल बैङ्किङ प्रयोगकर्ता तथा ४५ लाख बढी भुक्तानी सेवा प्रदायकका मोबाइल एप्स्मार्फत यसले सेवा प्रदान गर्दै आएको छ। फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सुरक्षा मापदण्ड’पिसिआई डिएसएस प्रमाणीकरण प्राप्त संस्था हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ