arrow

सन् २००३ मा अमेरिकी नेतृत्वमा भएको आक्रमण यताको भीषण हिंसा

logo
प्रकाशित २०७३ असार २२ बुधबार
iranbomb.jpg.jpeg
बग्दाद । इराकको राजधानी बग्दादमा गत आइतबार भएको बम आक्रमणमा परी ज्यान जाने व्यक्तिको सङ्ख्या २५० पुगेको छ ।  यस हिंसालाइ सन् २००३ मा अमेरिकी नेतृत्वले गरेको आक्रमण यताको सवैभन्दा भीषण आक्रमणको रुपमा लिइएको छ । यस आक्रमणको इस्लामिक स्टेट (आइएस) समूहले दाबी गरेका छन् । 
 
आइतबार बिहान सबेरै भएको हमलामा ११९ जनाको ज्यान गएको जनाइएको थियो । सो हत्यापछि सरकारले गत सोमबारदेखि बुधबारसम्म तीन दिनको लागि राष्ट्रिय शोकको घोषणा गरेको थियो । इराकी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार उक्त क्षेत्रमा भएको बम हमलामा परी ज्यान जाने व्यक्तिको सङ्ख्या २५० पुगेको छ । 
 
आइतबार भएको सो आत्मघाती कारबम आक्रमणमा परी सयौँ  व्यक्ति घाइते भएका थिए । इराकका स्वास्थ्य मन्त्रीका अनुसार यस आक्रमणमा घाइते भएका व्यक्तिहरु मध्ये कैयौ उपचारपछि घरफर्कि सकेका छन् । राजधानी बग्दादमा यस बर्षमा भएका यस्ता हिंसात्मक आक्रमणहरुमा यो सबैभन्दा भीषण आक्रमण भएको बताइएको छ । 
 
राजधानी बग्दादको नजिकै पर्ने कर्रादा जिल्लामा रहेको सडकमा यस्तो हमला गरिएको हो । मुसलमान समुदायको महान पर्व रमादानको अन्त्यमा हुने उत्सवको लागि धेरै सर्वसाधारण व्यक्ति किनमेलका लागि व्यस्त भएको स्थानलाई लक्ष्य गरेर सडकमा सो विस्फोटन गराइएको थियो । इराकमा आइएस आतङ्ककारी समूहले बारम्बार सिया मुसलमान समूहलाई लक्ष्यगरी आक्रमण गर्दै आएको पाइन्छ । बग्दाद र इराकभरी नै यस्ता आक्रमण बारम्बार हुने गरेका छन् । 
 
इराकी प्रधानमन्त्री हैदर अल अबादीले देशबासीका नाममा सम्बोधन गर्दै सोमबार देशव्यापी शोकको घोषणा गर्नुभएको थियो । उहाँले यस शोकको घडीमा आफू अत्यन्तै दुःखी र स्तब्ध भएको जानकारी दिएका थिए । साथै प्रधानमन्त्री हादीले आफूले ती हत्यारालाई कानुनी कारबाहीको दायरामा जसरी पनि ल्याएरै छोड्ने प्रतिबद्धतासमेत व्यक्त गरे । 
 
इराकको फल्लुजा सहर आइएस लडाकू समूहबाट पूर्णरुपमा इराकी बलले नियन्त्रणमा लिएको एक हप्तापछि यो भीषण आक्रमण भएको बताइएको छ । फल्लुजा इराकको राजधानी बग्दादबाट ५० किलोमिटर पश्चिममा पर्दछ । इराकका सरकार विरोधी लडाकूहरुले सन् २०१४ को सुरुबाट नै इराकको फल्लुजा सहर कब्जा गर्दै आएका थिए । फल्लुजा सहर आइएस आतङ्ककारी समूहको एक बलियो प्रभाव रहेको सहरको रुपमा रहेको थियो । 
 
इराकी सुरक्षाबलले गत मे महिनाबाट सो सहर पुनः नियन्त्रणको लागि सुरु गरेको कारबाहीपछि गत हप्ता सुरक्षाबलले नियन्त्रणमा लिएको थियो । प्रधानमन्त्री हैदरले राजधानी बग्दादको सुरक्षा व्यवस्थामा आमूलपरिवर्तन गरिने जानकारी दिएका छन् । उनले सुरक्षामा सुधारको प्रक्रिया सुरु भइसकेको पनि सो सम्बोधनका क्रममा सोमबार बिहान नै जानकारी दिएका थिए । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ