arrow

माओवादीले आफ्ना सांसदले मानव तस्करी गरेबारे छानबिन गर्ने

logo
प्रकाशित २०७३ असार २३ बिहिबार
mao-baidhak.JPG.jpeg
काठमाडौं । पार्टीका ८ सांसद मानव तस्करी र सरकारी दस्तखत छाप किर्तेमा तानिएपछि माओवादी केन्द्रले छानबिन समिति गठन गरेको छ । बुधबार बसेको पार्टीको पोलिटब्युरो बैठकले अनुशासन आयोगका प्रमुख अमिक शेरचनको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । 
 
समितिमा नेता कृष्णबहादुर महरा र प्रवक्ता पम्फा भुसाल सदस्य छन् । प्रवक्ता भुसालले पार्टीका सांसद स्पेन जाने विषयमा पार्टी हेडक्वार्टर र संसदीय दललाई जानकारी नभएको बताइन् ।
 
माओवादी केन्द्रका सांसद गोमा कुँवर, डोरप्रसाद उपाध्याय, सिर्जना तमारु खत्री, सन्तकुमार थारू, रूपा महर्जन श्रेष्ठ, राममाया बोगटी, दिलमाया धामी र धना पहरीले स्पेनमा आयोजना हुने भिन्न–भिन्न कार्यक्रममा सहभागी हुन भिसा आवेदन दिँदा कन्सुलर सेवा विभागको पत्र किर्ते गरी असम्बन्धित व्यक्तिलाई सहयोगी बनाएको खबर बाहिर आएको थियो ।
 
संसद् सचिवालयको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय शाखा र कन्सुलर विभागले माओवादी सांसदको नाममा सिफारिसपत्र दिए पनि भिसा आवेदनका लागि भारतमा रहेको स्पेनी दूतावासमा पुगेको कन्सुलरको पत्रमा सहयोगी भनी अन्य व्यक्तिको नाम थपिएको खुलेको थियो ।
 
स्पेनी दूतावास हुँदै यो विषय कन्सुलर विभाग र प्रहरीसम्म पुगेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यसबारे अनुसन्धान सुरु गरेको थियो । (कान्तिपुर दैनिक)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ