arrow

डा भट्टराईको संयोजकत्वमा नयाँशक्ति राष्ट्रिय अभियान घोषणा

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
130342537.jpeg
काठमाडौँ। पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईको संयोजकत्वमा नयाँ शक्ति राष्ट्रिय अभियान गठन भएको छ । आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरेर अभियानले विभिन्न संयोजकसमेत तोकेको जानकारी दिएको छ । मेची, कोसीको संयोजकमा राजेन्द्र किराँती र मध्य तराई संयोजकमा रामचन्द्र झा, काठमाडौँ र यसको आसपासको क्षेत्रका लागि गङ्गा श्रेष्ठलाई तोकिएको छ । 
 
यस्तै, गण्डकी–बाग्लुङ–म्याग्दी संयोजकमा देवेन्द्र पराजुली, मगरात—अवधमा वामदेव क्षेत्री, भेरी कर्णालीमा भक्तबहादुर शाह, सेती–महाकालीमा नवराज सुवेदी, जनवर्गीय एवम् मोर्चामा कुमार पौडेल, अन्तर्राष्ट्रियमा हिसिला यमी र जातीय मोर्चाको संयोजकमा रामकुमार शर्मा तोकिनुभएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 
 
नयाँ शक्तिको रुपमा घोषणा गरिएका आज सार्वजनिक गरिएका संयोजकहरु डा भटृराईले छोड्नुभएको पार्टी एकीकृत नेकपा (माओवादी)का नेता तथा कार्यकर्ता नै हुन् । नागरिक समाज, अन्य राजनीतिक दलका कार्यकर्ता सो अभियानमा संलग्न नभएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री डा भट्टराईले तराई मधेसको समस्यालाई तत्काल राजनीतिक तवरले समाधान गर्न आग्रह गर्नुभयो । उहाँले तराई मधेसको आन्दोलन र भारतको नाकाबन्दी फरकफरक विषय भएकाले त्यसलाई फरक ढङ्गले सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । 
 
डा भट्टराईले भन्नुभयो, ‘‘शून्य निर्णयको परिणामविहिन चियावार्ता सुन्दासुन्दा जनतासमेत वाक्क हुँदै गइरहेका छन् । राज्य पक्षको कुनै पनि गम्भीरता नभएकाले यस्तो हुँदैगएको घामजतिकै छर्लङ्ग छ । वार्तामार्फत समस्याको तत्काल समाधान गरिनुपर्छ ।’’ मुलुकको आन्तरिक समस्या आफैँले हल गर्नेतिर जानुको सट्टा समस्या अस्वाभाविकरुपमा अन्तर्राष्ट्रियकरण भएको र कूटनीतिक सन्तुलन बिग्दै गएको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो । तराई मधेसको आन्दोलन र कूटनीतिक विषयलाई एउटै बनाएर देशभक्ति भावनालाई उत्ताउलो राष्ट्रवादमा परिणत नगर्न उहाँले सबैलाई आग्रह गर्नुभयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ