arrow

अतिआवश्यक मेड्रोनिडाजोल औषधिको अभाव

logo
प्रकाशित २०७३ असार २३ बिहिबार
metronidazole.jpg.jpeg
डोटी, २३ असार । बर्सात सुरु भएसँगै देखिने विभिन्न प्रकारका सङ्क्रमण र बिरामीका लागि आवश्यक औषधिको सुदूरपश्चिममा अभाव देखिएको छ । 
 
बर्सातमा दूषित पानी पिउनाले हुनसक्ने आउँ, हैजा, पखालाजस्ता बिरामीका लागि अतिआवश्यक औषधि मेड्रोनिडाजोल औषधिको अभाव भएको जिल्ला जनस्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । 
 
बर्खायाममा जुनसुकै समयमा फैलिन सक्ने महामारीलाई ध्यानमा राखी स्टोर गरिने औषधिको अभाव सिर्जना भएपछि सुदूरपश्चिममा समस्या देखिएकोे छ । छिटफुट मात्रामा केही ठाउँमा मेड्रोनिडाजोल, पियुसजस्ता औषधि भए तापनि आवश्यक परेको खण्डमा पर्याप्त मात्रामा नभएको जिल्ला अस्पताल डोटीका जनस्वास्थ्य निरीक्षक रमेश मलासीले बताए । 
 
डोटीको हकमा मेड्रोनिडाजोलको पूरै अभाव भएको जिल्ला अस्पताल डोटीले जानकारी दिएको छ । जिल्लाका ग्रामीण भेकमा फैलिन सक्ने महामारीले जतिबेला पनि उग्ररुप लिएमा अस्पतालबाट यस्ता आवश्यक औषधि वितरणमा कठिनाइ हुने देखिएको छ । 
 
सुदूरपश्चिमका पहाडी जिल्ला डोटी, अछाम, बझाङ, बाजुरा, बैतडी, डडेल्धुरालगायत जिल्लामा आवश्यक औषधि बेलैमा नपाएर धेरै बिरामीले सास्ती खेप्नु परेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ