arrow

गुगल सर्च गर्दै हो ? गोप्य बाहिर आउला नि !

logo
प्रकाशित २०७३ असार २३ बिहिबार
google.jpg.jpeg
काठमाडौं । सर्च इन्जिन गुगलबाट कुनै कुराको खोज गर्नुअघि सोच्नु पर्ने हुन्छ । नसोची गुगल सर्चमा पठायो भने आफ्नो गोप्यता सार्वजनिक हुन सक्छ । के कुराको खोजी गर्दा होसियारी अपनाउनु पर्ला त ? 
 
गुगल सर्च गर्दा केही त्यस चिजहरु हुन सक्छन् जसका बारेमा प्रहरी जानकारी लिन खोजिरहेको हुन्छ । अनि तिनै चिज खोज्नमा आफ्नो ध्यान जान सक्छ । आपराधिक गतिविधिजन्य खोज गर्दा प्रहरीको फन्दामा पर्ने सम्भावना रहन्छ । त्यस्तै संदिग्ध साइटको खोजीमा लागियो भने फस्न बेर लाग्दैन । 
 
गुगलमा कुनै पनि कुरा सर्च गर्दा त्यसको अभिलेख गुगलले आफ्नो हिस्ट्रीमा राख्न सक्छ । यस्तो कयौं पटक जानकारी लिक हुन सक्ने खतरा रहन्छ ।
 
कुनै रोगको बारेमा कतिपय जिज्ञासा र औषधिका बारेमा बुझ्ने प्रयासमा हो भने अझ बढी फस्ने सम्भावना रहन्छ । किनकि यसको जानकारीका लागि गुगलले थर्ड पार्टीलाई ट्रान्सफर गरिदिन्छ ।
 
यसै आधारमा बिरामी र उसको उपचारबारे विज्ञापन पनि देखाइन्छ । सो विवरण आपराधिक वेबसाइटमा पनि सेयर हुन्छ । यस्तो भयो भने आफू फसिने सम्भावना हुन्छ । कुन चिज कहाँ प्रयोग भएको छ आफूलाई थाहा नहुन सक्छ । आफ्नो व्यक्तिगत इमेल लगअन गरेर गुगलमा सर्च गर्दा अझ बढी खतरा आउन सक्छ । यसो गर्दा आफ्नो एकाउन्ट र पासवर्ड लिक हुने सम्भावना हुन्छ । त्यसको माध्यमले जुनसुकै बेला जोसुकैले फसाउन सक्छ । 
 
तसर्थ बेलैमा होस पु¥याएर काम गरे राम्रो होला ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ