arrow

उच्च व्यवसायिक घरानामा महानगरको अल्टिमेटमपत्र, कर नतिरे विज्ञापनमा प्रतिबन्ध (सूचीसहित)

logo
प्रकाशित २०७३ असार २३ बिहिबार
Metropolitan_Office_KTM.jpg.jpeg
काठमाडौं। काठमाडौं महानगरपालिकाले महानगरक्षेत्र भित्र विज्ञापन गरेर पनि कर नतिर्ने विज्ञापनदाताहरूलाई तीनदिने अल्टिमेटम सहित पत्र काटेको छ । महानगरपालिकाको राजश्व विभागले पटकपटक ताकेता गर्दा पनि कर तिर्न अटेरी गर्ने विभिन्न क्षेत्रका विज्ञापनदाताहरूलाई तीनदिन(बुधबारभित्र) भित्र विवरण सहित कर दाखिला गर्न आग्र पनि गरेको छ । तर पनि बिहिबार साँझसम्म पनि कसैले कर तिर्न नआएको पनि महानगरले जनाएको छ । 
 
विभागका राजश्व शाखा प्रमुख धु्रव काफ्लेका अनुसार उनीहरूलाई पटकपटक ताकेता गर्दा पनि उनीहरूले कर नतिरेपछि बाध्य भएर तीन दिने अल्टिमेटम सहित पत्र काट्नु परेको जानकारी दिए । उनले तीन दिन भित्र विवरण पेश नगर्ने र खर दाखिला नगर्ने विरूद्ध काठमाडौं महानगरपालिका क्षेत्रभित्र कर तिर्न प्रतिवन्ध लगाउनेसम्मको व्यवस्था रहेको भन्दै यस्तो कारबाहीसम्म पनि गर्न महानगरपालिका पछि नपर्ने चेतावनी पनि उनले दिए ।
 
काफ्लेका अनुसार लामो समयसम्म महानगरको आग्रहको बेवास्ता गर्ने कम्पनी विरूद्ध महानगरपालिका आक्रामक बन्न थालेको पनि उनले स्पष्ट पारे । 
 
यसरी कर नतिरी महानगरपालिकालाई कर पत्र काट्न बाध्य बनाएका कम्पनीहरूमा केही स्टील कम्पनी, सिमेन्ट कम्पनी, विभिन्न मोबाईल विक्रेता कम्पनीहरू, लगायतका झण्डै ३ दर्जन कम्पनीहरू रहेको पनि महानगरपालिकाले जनाएको छ । यसमा उच्च व्यवसायिक लाभलिने कम्पनीहरूदेखि सामान्य कम्पनीहरूसम्म रहेका छन् । 
 
यसरी लेखिएको पत्रमा ‘तपाईले महानगरक्षेत्रभित्र विभिन्न समय र मितिमा गरेको विज्ञापनबापतको कर अहिलेसम्म महानगरपालिकामा दाखिला गरेको नदेखिएकोले ३ दिनभित्र सो वापतको कर तिर्न आग्रहसहित यो पत्र पठाईएको छ । यदि निर्धारित मितिमा विवरण सहित कर दाखिला गर्न नआए महानगरपालिकाले कानून बमोजिक कारबाही गर्न बाध्य हुने जानकारी गराईन्छ’ भन्ने व्यहोरा उल्लेख गरिएको छ । 
 
यी कम्पनीको विषयमा यस भन्दा केही समय अगाडि समेत समाचार सार्वजनिक भएपनि उनीहरूले अटेरी गर्न थालेपछि महानगर बाध्य भएर अल्टिमेटम सहितको पत्र लेख्न बाध्य भएको महानगरपालिकाले जनाएको छ । को–को छन् त यसरी पटकपटक ताकेता गर्दा पनि कर तिर्न अटेरी गर्ने कम्पनीहरूको  विवरण यस्तो छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ