arrow

संसदीय सुनुवाई : कार्कीविरुद्ध ६, यादव विरुद्ध २ मुद्दा

कार्कीविरुद्ध नातेदारका पक्षमा फैसला गरेको देखि वसुन्धारामा करोडौँ मूल्यको घर जोडेको जस्ता आरोप

logo
प्रकाशित २०७३ असार २३ बिहिबार
kul-bahadur-gurung.jpg.jpeg
काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले संसदीय सुनुवाईए् प्रक्रिया औपचारिक रुपमै सुरु गरेको छ । समितिले शुक्रबार निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त अयोधिप्रसाद यादवको सुनुवाई तय गरेको छ । समितिको विहिबार विहान बसेको बैठकले शुक्रबार बिहान सुनुवाईका लागि कायम मुकायम प्रमुख आयुक्त यादवलाई उपस्थित गराउने निर्णय गरेको हो । 
 
प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेति सेवानिवृत्त भएको पछि लामो समय देखि कायम मुकायम प्रमुख आयुक्तको रुपमा काम गर्दै आएका यादवको नियुक्तिका सम्बन्धमा सर्वोच्च अदालतमा दायर रिट निवेदनको टुङ्गो नलागि संसदीय सुनुवाई गर्न नहुने भन्दै दुई उजुरी परेका छन् । 
 
समितिको बैठकले उजुरीकर्ताले आफ्नो उजुरीमा सम्पर्क नम्बर वा इमेल नदिएका कारण तत्काल उजुरीका बारेमा सोधपुछ गर्न सम्भव नभएको भन्दै सोझै संसदीय सुनुवाइ गर्न लागेको समिति सदस्य भानुभक्त ढकालले बताए । यसैबीच, काय मुकायम प्रधानन्यायाधीश सुशीला कार्कीबारेको सुनुवाई २६ गते आइतबार हुने भएको छ । उजुरीकर्तालाई आफ्नो उजुरी पुष्टि गर्न बोलाउने र सोही दिन उहाँको संसदीय सुनुवाइ गरिने निर्णय भएको छ । कार्कीको नियुक्तिका लागि सुनुवाई नगर्न भन्दै ६ वटा उजुरी परेका छन् । 
 
उनीविरुद्ध नाता कायम गराउन माग गर्दै दायर मुद्दामा डिएनए परीक्षणलाई मान्यता नदिएको, राष्ट्रिय मानवअधिकार आयोगका नाममा अन्तरिम आदेश जारी नगर्दा एक कर्मचारीे सेवाबाट निष्कासन हुनुपरेको, न्यायपालिकामा राजनीतिकरण गरेको, कानुन विपरीत आफ्ना नातेदारको मुद्दा किनारा लगाएको, फैसलामा फरक–फरक मापदण्ड अपनाएको, मुद्दाको अध्ययन नै नगरी फैसला गरेको, काठमाडौँको वसुन्धारामा करोडौँ मूल्यको घर जोडेकोजस्ता आरोप छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ