arrow

हिन्दु राष्ट्र कायम नगरिए क्रान्ति गरिने

logo
प्रकाशित २०७३ असार २३ बिहिबार
hindu1.jpg.jpeg
काठमाडौ । नेपाल हिन्दु राष्ट्र पुनःस्थापना मञ्चले सन् २०१६ भित्र नेपाललाई हिन्दु राष्ट्र घोषणा नगरिए जनबल र क्रान्तिबाट हिन्दु राष्ट्र पुनःस्थापना गर्ने चेतावनी दिएको छ । मञ्चले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर राजनीतिक दलका नेताहरुले लोभ लालचमा हिन्दु राष्ट्र विक्री गरेको आरोप लगाउँदै राष्ट्रिय अन्तर्राष्ट्रि, धार्मिक संघ सस्था र जनताको बलमा हिन्दु राष्ट्र कायम गरिछाड्ने घोषणा गरेको हा । 
 
पत्रकार सम्मेलनमा बोल्दै मञ्चका सस्थापक अध्यक्ष ईन्जिनियर विष्णु प्रसाद बरालले नेपाललाई हिन्दु राष्ट्र कायम गराउने विषयमा हिन्दुधर्मका महान गुरुहरु चार शंकराचार्य सहित धामिर्क गुरु र अभियन्ताहरु सहमत भईसकेको भन्दै यस विषयमा नेपालका राजनीतिक दलहरुले तत्कालै नसोचे ठूलो आन्दोलनमार्फत हिन्दु राष्ट्र पुनःस्थापना गरिछाड्ने दावी प्रस्तुत गरे । 
 
कार्यक्रममा नेपाललाई हिन्दु राष्ट्र बनाउने विषयमा जगतगुरु शंकारचार्य अनन्त श्रीविभुषित स्वामी नरेन्द्रानन्द सरस्वती, अखिल भारतीय अखाडा परिषद श्री १०८ महन्त नरेन्द्र गिरी, माँ नर्मदा अन्नक्षेत्र भागवत परामार्थिक लोक सेवा ट्रष्ट, अखिल भारतीय चाणक्य परिषद, वल्र्ड पिस कम्पाईजिन, नर्मदा परिक्रमा पर्याबरण संरक्षण संगठन लगायतका भारतीय धार्मिक सस्थाको समर्थन पत्र पत्रकार सम्मेलनमा वितरण गरिएको थियो । 
 
जसमा नेपाललाई पुन हिन्दु राष्ट्र कायम गराउन सबै खाले सहयोग गर्ने प्रतिबद्धता सहित नेपालमा चलाईने अभियानमा समर्थन ब्यक्त गरिएको छ । पत्रकार सम्मेलनमा बरालले आफू विहीबारै नयाँ दिल्ली जान लागेको र शुक्रवार अपरान्ह ३ बजे भारतीय जनता पार्टीका अध्यक्ष अमित साहसँग नेपाललाई हिन्दुराष्ट्र कायम गराउने विषयमा छलफल हुने जानकारी दिए । 
 
उनले नेपालको संविधानले धर्म परिवर्तनलाई दण्डनीय बनाए पनि ब्यवहारमा खुल्म खुल्ला ईशाईकरण भईरहँदा समेत राज्य मुकदर्शक बनेकोले यस्तो संविधान मान्न नेपाली जनता बाध्य नभएको चेतावनी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ