arrow

विद्यार्थीले भूकम्पसूचक यन्त्र बनाए

logo
प्रकाशित २०७३ असार २४ शुक्रबार
bhukampa.png.png
नवलपरासी । नवलपरासीको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीले भूकम्पसूचक यन्त्र बनाउन सफल भएका छन् । 
 
भूकम्पले सर्वसाधारणमा त्रास बढाइरहेको समयमा इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्सका विद्यार्थीले भूकम्पको जानकारी दिने यन्त्र बनाउन सफल भएका हुन् । भूकम्प आयो वा आइरहेको कुराको अलर्ट दिने भूकम्पसूचक यन्त्र दुई प्रकारका छन् ।
 
 सूचकले भूकम्पको कम्पन उत्पन्न भएपछि आवश्यक खतराको सङ्केत दिने कुरा यन्त्र बनाउन संलग्न विद्यार्थी अमृत सापकोटाले बताए ।
 
सूचकमध्ये पानीको प्रयोग गरी निर्माण गरिएको सूचकले पानीको सतहको तरङ्गको आधारमा भूकम्प आएको बारे जानकारी दिने गर्दछ भने स्प्रिङबाट निर्माण गरिएको दोस्रो सूचकले भूकम्पका ठाडा र तेर्सा दुवै तरङ्गलाई केन्द्रीय भू–आकर्षण सिद्धान्तका आधारमा जानकारी गराउने निर्माण टोलीका सदस्य सुनिल यादवले जानकारी दिए ।
 
कलेजका प्रमुख इन्जिनियर हरि भण्डारीले सो सूचक यन्त्रलाई सुपथमूल्यमा बजारमा ल्याउने बताए । विद्यार्थीले निर्माण गरेको पहिलो सूचक यन्त्रको मूल्य एक हजार रुपैयाँ र दोस्रो सूचक यन्त्रलाई भने एक हजार ५०० रुपैयाँ पर्ने बताइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ