arrow

कालालाई गोली हान्ने प्रवृत्तिविरुद्ध बाराक ओबामा गम्भीर

logo
प्रकाशित २०७३ असार २४ शुक्रबार
obama.JPG.jpeg

वासिङ्टन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले कालाजातिलाई प्रहरीले गोली हान्ने प्रवृत्ति गम्भीर भएको भन्दै अमेरिकीहरुलाई सचेत रहन आग्रह गरेका छन् ।

गत बिहीबार राति अमेरिकी प्रहरीले कालाजातिका एक जना युवालाई गोली हानेर मारेपछि चित्त दुखाएका ओबामाले पोल्याण्डको नाटो शिखर सम्मेलनका क्रममा सो प्रतिक्रिया दिएका हुन् ।

 

सोही प्रकृतिका घटनामा दुई कालाजातिका मानिस मारिएपछि ओबामा गम्भीर बन्दै गएका छन् । अमेरिकामा कालाजातिमाथिको दमन बढ्दै गएपछि एक हप्तादेखि अमेरिकाका विभिन्न भागमा प्रदर्शन हुँदै आएको  छ ।

 

डालास, न्यूयोर्क, सिकागो, वासिङटन लगायतमा चर्को प्रदर्शन हुँदै आएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ