arrow

हत्यारा पत्ता लगाउन माग गर्दै पीडितहरु राजधानीमा

logo
प्रकाशित २०७३ असार २५ शनिबार
pidit1.jpg.jpeg
काठमाडौ । कञ्चनपुर बेदकोट नगरपालिका वडा नम्बर १ चम्फापुरका राना परिवार आफ्नी बुहारी र छोरीको हत्याराको खोजी गर्दै राजधानी आएका छन ।  जेठ २२ गते मृत फेल परेकी रामदुलारी रानाको हत्यारा पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाउन स्थानीय प्रहरीले ढिलासुस्ती गरेपछि मृतका सासु, ससुरा, छोरासहित अधिकार कर्मीहरु राजधानी आएका हुन । 
 
उनीहरुले शनिवार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा मृतककी सासु विटो रानाले जेठ १८ गते राती स्थानीय प्रकाश मल्ल र उनका परिवारका सदस्यहरुले बुहारी र आफूहरुमाथि आक्रमण गरेर घरबाट भाग्न बाध्य बनाएको मा २२ गते बुहारीको शब खेतमा गुप्ताङ्ग र मुखमा लट्ठी कोचिएको अवस्थामा फेला परेको बताईन ।  उनले आफूहरुले यस विषयमा स्थानीय प्रहरी चौकीमा प्रकाशसहित ईन्द्रबहादुर, डम्मरा, मीना, लक्ष्मी र नवल मल्ल घटनामा संलग्न गरेको किटानी जाहेरी दिन खोज्दा समेत लामो समयसम्म बेवास्ता गरेर उल्टै अपमानित गर्ने गरेको गुनासो गर्दै लामो समयको आन्दोलनपछि जाहेरी दर्ता भएपनि अहिले आरोपीत मध्ये प्रकाशलाई मात्रै मुद्दा चलाईएको बताईन । 
 
स्थानीय प्रहरीबाट आफूहरुले घटनाको सत्यतथ्य पत्ता लगाउने कार्यमा देखाएको लापरवाही र अन्य आरोपीलाई बचाउने खेल खेलेपछि आफूहरु बाध्य भएर न्यायकालागि राज्यलाई गुहार्न काठमाडौ आउनु परेको बताईन ।  प्रधानमन्त्री, गृहमन्त्री, महिला आयोग, मानवअधिकार आयोगमा ज्ञापनपत्र बुझाईसकेका उनीहरुले आफूहरुलाई न्याय दिलाउन पहल नगरे राजधानीको सडकमै सुतेर आन्दोलनमा उत्रने चेतावनी रानाले दिईन । 
 
उनले आफ्नी बुहारीलाई प्रकाशले जवरजस्ती आफ्नो बनाउने प्रयास गर्ने क्रममा बचाउन प्रयास हुँदा मल्ल परिवारले आएर निर्धात कुटपिट गरेपछि आफूहरु घर छाड्न बाध्य भएको गुनासो पत्रकार सम्मेलनमा गरिन ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ