arrow

हामी नेपालमा परेको समस्याले चिन्तित छौ– भारतीय गृहमन्त्री सिंह

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
283540893.jpeg
काठमाडौ । भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालको संविधानसभाले जारी गरेको संविधान भारतले स्विकारेको छैन र त्यसको बर्खिलाफमा छ भन्ने कुरा गलत भएको बताएका छन ।  नयाँ दिल्लीमा रहेका रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासँगको कुराकानीमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधानमा सबैको अपनत्व हुँदा राम्रो हुने मात्र स्मरण गराएको दावी गरे । 

गृहमन्त्री सिंहले मधेसले उठाएको मुद्दा नेपालीको आन्तरिक मामिला भएको भन्दै नेपालकै दलहरु मिलेर समाधान गर्नु पर्ने बताए । उनले भने,‘यसमा भारतको कुनै हस्तक्षेप हुँदैन । हाम्रो भूमिका पनि छैन र हाम्रो सरोकारको विषय पनि होईन ।’ गृहमन्त्री सिंहले नेपालमा नेपालीहरुलाई कुनै समस्या नपरोस भन्ने भारतीय चाहना रहेको स्पष्ट पार्दै नेपालमा देखिएको जुन अभाव, दुख र आपूर्तिमा असहजता छ त्यो मधेसी दलहरुलाई सहमतिमा ल्याउना साथै सहज हुने विश्वास ब्यक्त गरे । 

उनले भने,‘ हामीले नाकाबन्दी गरेका छैनौ र त्यस्तो कुरा भारतले सोचेको पनि छैन । मधेसकै कारण आपूर्ति असहज भएको हो । भारतको तर्फबाट म स्पष्ट पार्न चाहन्छु नाकाबन्दी छैन । उल्टै बरु हामी नेपालमा परेको समस्याले चिन्तित छौ ।’ गृहमन्त्री सिंहले नेपालमा कति प्रदेश बनाउने, सीमांकन कसरी गर्ने भन्ने कुरा नेपालीहरुको भएकोले यसमा भारतले कुनै दवाव नदिने स्पष्ट पार्दै भारतले छिटो भन्दा छिटो नेपालमा देखिएको समस्या बार्ता र संबादबाटै समाधान होस भन्ने चाहेको सुनाए । उनले भने,‘ भारत बार्ताबाट समस्या समाधान होस भन्ने चाहन्छ । बार्तालाई निरन्तरता दिनु पर्छ ।’

गृहमन्त्री सिंहले नेपालमा गएको विनासकारी भुकम्पपछि भारतले निरन्तर सहयोग गरिरहेको भन्दै यो सहयोग कुनै पनि हालतमा नरोकिने स्पष्ट पारे ।  उनले आफूहरुले नेपाल हिन्दु राष्ट्र हुनु पर्ने कुरा नगरेको भन्दै संविधानमा लेखिसकिएको विषयमा त्यस्तो नभनेको स्पष्ट पारे । गृहमन्त्री सिंहले नेपालमा आपूर्ति ब्यवस्थालाई सहज बनाउन आफूहरु प्रयासरत भईरहेको भन्दै अन्यनाकाहरुबाट रिरुट गरेर सहज बनाउने बताए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ