arrow

प्रधानन्यायाशीधका लागि कार्कीको सुनुवाइ हुँदै

logo
प्रकाशित २०७३ असार २६ आइतबार
sushila-karki.jpg.jpeg
काठमाडौँ । प्रधानन्यायाधीशका लागि प्रस्तावित सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सुशीला कार्कीको संसदीय सुनुवाइ आज हुँदैछ । संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश कार्कीका लागि आजको समय निर्धारण गरेको हो ।  कार्कीविरुद्ध परेको उजुरीमाथि बिहान छलफल सम्पन्न भएपछि समितिले कार्कीलाई कार्यकक्षमा बोलाएर सुनुवाइ गर्ने समितिको सचिवालयले जनाएको छ ।  
 
कार्कीविरुद्ध समितिमा छवटा उजुरी परेका छन् ।  कार्की सम्मिलित इजलासले गरेको दुईवटा फैसला विवादास्पद रहेको भन्दै समितिमा उजुरी परेको छ ।  
 
विधिविज्ञान प्रयोगशालाले डीएनए परीक्षणबाट नातासम्बन्ध कायम रहेको जनाए पनि कार्की सम्मिलित इजलासले डीएनए परीक्षणलाई प्रमाणका रूपमा लिन अस्वीकार गरी विवादास्पद फैसला गरेको उजुरीमा उल्लेख छ ।  
 
यसैगरी पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको मिलेमतोमा न्याय परिषद्ले गरेको सर्वोच्च अदालतका न्यायाधीश सिफारिसविरुद्ध परेको रिट निवेदन सर्वोच्चको एउटै न्यायाधीशको इजलासमा तोकेको र त्यसले न्यायालयको गरिमामा आँच आएको आरोप लगाउँदै कार्कीलाई प्रधानन्यायाधीशमा अनुमोदन नगर्न एक अर्को उजुरीमा माग गरिएको छ ।  
 
कार्कीविरुद्ध परेका उजुरीहरूका विषयमा समितिले आइतबार बिहान सम्बन्धित उजुरीकर्तालाई बोलाएर छलफल गर्नेछ ।  उजुरीकर्तासँगको छलफलपछि समितिले प्रस्तावित प्रधानन्यायाधीश कार्कीलाई बोलाएर संसदीय सुनुवाइ गर्ने र अनुमोदनका विषयमा निर्णय गर्ने सचिवालयले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ