arrow

डा. कोइरालाबारे चिकित्सक टोलीले आज निर्णय गर्ने

logo
प्रकाशित २०७३ असार २६ आइतबार
sssssssssssssssss.JPG.jpeg
काठमाडौं । राजधानीको ओम अस्पतालमा उपचाररत नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाको स्वास्थ्य अवस्था समान्यउन्मुख भइरहेका अवस्थामा भइरहेका बेलामा आज चिकित्सकको टोलीले विशेष निर्णय गर्ने भएको छ ।
 
डा. कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार कोइारालाको अवस्था सामान्य हुँदै गए पनि नियोमियाको संक्रमण हुन सक्ने भन्दै चिकित्सकले बाहिरी मानिसहरुलाई भेट्न दिएका छैनन् । 
 
‘बाहिरी सम्पर्कले निमोनियाको संक्रमण हुने भएकाले भेटघाटलाई पूर्णरूपमा रोकिएको छ, अब अपरान्ह चिकित्सकहरुको टोलीले के गर्ने भनेर विशेष निर्णय गर्ने बताएका छन् ।’ तिवारीले भने –‘आज चिया खाना खानुभयो, अहिले जाउलो खुवाउँदै छु (बिहान १०.१५ बजे) ।’ अब अरु कुनै समस्या नभएको पनि उनले बताए । 
 
गत मंगलबार साँझ पेट दुखेको भन्दै अस्पतालमा भर्ना भएका डा.कोइराला बुधबार बिहान बेहोस् भएपछि भेन्टिलेटरमा उपचार भएको थियो । बिहीबार साँझमात्र उनलाई भेन्टिलेटरबाट निकाली आइसीयूमा राखिएको थियो ।
 
अब साँझदेखि सामान्य कोठामा सार्नेबारे अपरान्ह चिकित्सकहरु लाग्ने बताइएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ