arrow

प्रधानन्यायाधीशमा सर्वसम्मत सुशीला कार्की भन्छिन् – म पनि पहिले मोरङ नेवि संघको अध्यक्ष थिएँ

logo
प्रकाशित २०७३ असार २७ सोमबार
sushila-karki.jpg.jpeg
काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा सुशीला कार्कीलाई नियुक्तिका लागि सर्वसम्मत रुपमा अनुमोदन गरेको छ । राष्ट्रपतिबाट उक्त पदमा नियुक्त भएपछि कार्की न्यायिक इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश हुने भएकी छिन् । 
 
सुनुवाइ समितिमा कार्कीले सभासद्को प्रश्नप्रति आक्रामक जबाफ दिएकी थिइन् । अदालतमा विकृति रहेको भन्दै सभासद्ले राखेको जिज्ञासामाथि जबाफ दिंदै कार्कीले कतिपय न्यायाधीशमा कामै नगर्ने प्रवृत्ति रहेको बताइन् । 
 
उनले त्यस्ता न्यायाधीशलाई बिदाइ गर्न ‘गोल्डेन ह्यान्डसेकको प्याकेज’ सहित कानुन ल्याउन पनि आग्रह गरेकी छिन् । 
 
विभिन्न दलमा आस्था राख्ने व्यक्ति सर्वोच्चको न्यायाधीशमा सिफारिस भएको भन्ने प्रश्नमा उनले समानुपातिकमा कोही कुनै दलबाट पर्यो‍ भन्ने कुराको अर्थ नरहने जबाफ दिइन् । 
 
‘म पनि पहिले मोरङ नेविसंघको अध्यक्ष थिएँ । त्यसैकारण मलाई कुनै दल विशेषको आरोप लगाउन मिल्दैन’ उनले भनिन् । (अन्नपूर्ण पोस्ट् दैनिक)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ