arrow

जथाभावी फोहर फाल्नेविरुद्ध कारबाही, जनस्वास्थ्यनै कार्वाहीमा

logo
प्रकाशित २०७३ असार २७ सोमबार
dirty.JPG.jpeg
पथरी । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले फोहर मैलाको उचित व्यवस्थापन नगरी सिरिन्ज र औषधिजन्य सामग्री जथाभावी सडकमा फ्याकेको भन्दै विराटनगर उपमहानगरपालिकाले कारबाही सुरु गरेको छ । 
 
सर्वसाधारणलाई जनस्वास्थ्यमा प्रत्यक्षरुपमा असर गर्ने गरी फोहरजन्य सामग्री सडकमा आइतबार फ्याकिरहेको अवस्थामा रङ्गे हात पक्राउ गरिएको थियो । 
 
विराटनगरको फोहरमैला व्यवस्थापन गर्ने जिम्मा पाएको बेस्ट मेनेजमेन्ट प्रालि जेभीका सञ्चालक सदस्य देवी आचार्यले बजार अनुगमन गरिरहेको बेला विराटनगरको देवकोटा चोकमा रहेको जनस्वास्थ्य कार्यालयले फोहर फ्याकेको हो । 
 
विराटनगर उपमहानगरपालिकाका फोहरमैला व्यवस्थापन शाखाका प्रमुख हीरालाल यादवले जनस्वास्थ्य जस्तो कार्यालयले फोहर व्यवस्थापनमा गम्भीर नभएको उल्लेख गर्दै कार्यालयलाई आइतबारनै उपमहानगरपालिकाले स्पष्टीकरण सोधेको जानकारी दिए । सडकमा फ्याकिएका फोहरमा अधिकांश सिरिन्ज, प्याड थिए । उपमहानगरपालिकाको नगर प्रहरी घटनास्थलमा बोलाएर फोहर फाल्ने सहयोगी कर्मचारीलाई उपमहानगरपालिका कार्यालय पु¥याइएको थियो । 
 
फोहरमैला शाखा प्रमुख हीरालाल यादवले जथाभावी फोहर गर्नेलाई ऐनअनुसार रु एक लाखसम्म जरिवाना गर्न सकिने कानुनी प्रावधान रहेको बताए । जनस्वास्थ्यलाई स्पष्टीकरण सोधिएको छ यादवले चित बुझ्दो जवाफ आएन भने रु एक लाखसम्म जरिवाना गर्न सकिन्छ । 
बेस्ट मेनेजमेन्टले केही दिनदेखि जथाभावी फोहर फ्याक्ने विरुद्ध बजार अनुगमन तीव्र पारेको छ । नगरक्षेत्रलाई फोहरमुक्त बनाउने अभियानअनुरुप वेस्ट मेनेजमेन्टले तत्कालै कारबाही गर्ने नीति लिएको हो । 
 
बजार अनुगमनका क्रममा घरबाट फोहर फ्याक्ने दर्जनौँ घरधनीलाई सचेत गराइसकेको सञ्चालक आचार्यले बताए । उनका अनुसार एक पटकलाई सचेत गराउने अटेर गरेमा फोहरमैला ऐनअनुसार कारबाही गरिने छ । 
हाल विराटनगरमा दैनिक ८० मेट्रिक टन फोहर थुप्रिने गरेको तथ्याङ्क छ । फोहर सङ्कलनका लागि संस्थाले २० वटा ट्र्याक्टर प्रयोगमा ल्याएको छ । सञ्चालक आचार्यका अनुसार दैनिक १०० भन्दा बढी सफाइकर्मी फोहर सङ्कलनका लागि परिचालन गरिएको छ । विराटनगर उपमहानगरपालिकाले गत वर्ष शौचालयको फोहर नालामा मिसाउने आर के चिल्ड्रेन अस्पताल, ग्रिन क्रस र लाइफ गार्ड अस्पताललाई रु ५०÷५० हजार गोल्डेन अस्पताललाई रु एक लाख जरिवाना गरिसकेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ