arrow

इतिहास रच्दै पहिलो महिला प्रधानन्यायाधीश

logo
कालिका खड्का,
प्रकाशित २०७३ असार २७ सोमबार
suprem-court.JPG.jpeg
काठमाडौँ। इतिहास रच्दै सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीले आजबाट औपचारिकरुपमा आफ्नो जिम्मेवारी प्रारम्भ गरेकीछिन्। प्रधानन्यायाधीशका रुपमा उनले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेकी हुन्। सर्वोच्च अदालतको ६४ वर्षको इतिहासमा पहिलोपटक महिला प्रधानन्यायाधीश बन्न सफल सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश कार्कीलाई गत चैत २८ गतेको संवैधानिक परिषद्को बैठकले भावी प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। व्यवस्थापिका–संसद्को संसदीय सुनुवाइ विशेष समितिले आइतबार सो सिफारिस सर्वसम्मत अनुमोदन गरेको थियो।
 
सो समिति गठन नहुँदा सुनुवाइमा ढिलाइ भएकाले उनले कामु प्रधानन्यायाधीशका रुपमा झण्डै तीन महिनादेखि जिम्मेवारी सम्हालेकि छिन्।
 
तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ गत वैशाख १ गते उमेर हदका कारण अवकाश भएपछि वरिष्ठता, क्षमता र योग्यताका आधारमा कार्की प्रधानन्यायाधीश भएकि हुन्। कार्कीको जन्म २००९ जेठ २५ गते शङ्खरपुर–३ विराटनगरमा भएको हो। उनले प्रधानन्यायाधीशका रुपमा करिब ११ महिना कार्य गरेकिछिन्।
 
उनले महेन्द्र मोरङ कलेज विराटनगरबाट २०२८ बिए र वनारस हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्रमा २०३१ मा एमए गरेकिछिन्। उनले २०३४ सालमा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक (बिएल) गरी कानुनी यात्रा सुरु गरेकिथिन्।
 
अधिवक्ता भएर कानुन क्षेत्रलाई कर्मथलोका रुपमा कार्कीले २०३५ चैत १६ गतेदेखि काम सुरु गरिन्। उनले तीन वर्ष ९२०४२–२०४६० महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्यापनसमेत गरिन्।
 
विसं २०४५ देखि २०४७ सम्म सुशीलाले कोसी अञ्चल बारको अध्यक्षको जिम्मेवारी लिँदै २०५९ देखि २०६१ सालसम्म विराटनगर पुनरावेदन बारको अध्यक्ष बनिन्न।
 
त्यस्तै, २०६१ पुस ५ गते वरिष्ठ अधिवक्ता बनिन्न। त्यस्तै, २०६५ माघ ९ गते उहाँ सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त भइन्। २०६७ मङ्सिर २ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीश भएकिथिन्।
 
अमेरिका, बेलायत, श्रीलङ्का, जापान, चीन, भारत, तान्जिनियाँ र नेदरल्यान्डलगायतका देशको भ्रमण गरिसक्नुभएकी सुशीला नेपाली, अङ्ग्रेजी र हिन्दीमा भाषामा निपुण छिन्।
 
प्रधानन्यायाधीश सुशीलाले तीन दशकभन्दा बढी वकालत क्षेत्रमा काम गर्नुभयो भने सात वर्ष सर्वोच्च अदालतको न्यायाधीश भएर काम गरिन्।
 
निडर स्वभाव र सरल जीवनशैली अपनाउने सुशीला न्याय क्षेत्रमा स्वच्छ छवियुक्त हेरिन्छ। नेपालको संविधान जारी भएपछि पहिलोपटक तीन महिला उच्च पदमा पुग्न सफल भएका छन्। राष्ट्रपति भण्डारी, प्रधानन्यायाधीश कार्की र सभामुख ओनसरी घर्तीलाई सो अवसर मिलेको छ।
 
प्रधानन्यायाशीध कार्कीको शपथ
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाशीध सुशीला कार्कीलाई आज पद तथा गोपनीयताको शपथ गराएकीछिन्। राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा कार्कीले शपथ लिएको हो। कार्कीलाई सो पदमा नियुक्ति गर्न गत चैत २८ मा संवैधानिक परिषद्ले गरेको सिफारिसलाई संसद्को सुनुवाइ विशेष समितिले आइतबार अनुमोदन गरेको थियो। कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीश हुन्।
 
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्तीमगर, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा,  सर्वोच्च अदालतका न्यायाधीश, नेपाल सरकारका मुख्यसचिव, संवैधानिक र सुरक्षा निकायका प्रमुख, नेपाल बार एसोसिएसनका पदाधिकारीलगायतको उपस्थिति थियो।
 
प्रमुख आयुक्त यादवको शपथ
आफूले शपथ लिएलगत्तै प्रधानन्यायाधीश कार्कीले नवनियुक्त प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवलाई राष्ट्रपति भण्डारीको उपस्थितिमा पद तथा गोपनीयताको शपथ गराइन्। डा यादवलाई गत शुक्रबारको संसदीय सुनुवाइ विशेष समितिको बैठकले नियुक्तिको सिफारिस अनुमोदन गरेको थियो। उनीहरुले आजै आ–आफ्नो पदभार ग्रहण गर्दै छन्। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ