arrow

२ सय ५३ जनाको हस्ताक्षर सहित सरकार विरूद्ध अविश्वासको प्रस्ताव दर्ता

logo
प्रकाशित २०७३ असार २९ बुधबार
CA-Bicc-1.JPG.jpeg
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । बुधबार अपराह्न पौने तीन तिर २ सय ५३ जनाको हस्ताक्षर सहित सरकार विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिए । 
 
यसरी दर्ता गरिएको अविश्वासको प्रस्तावमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा संयुक्तका सांसद्हरूले हस्ताक्षर गरेको पनि संसद् सचिवालयले जानकारी दिएको छ । उक्त अविश्वासको प्रस्तावमा नेपालको संविधानको धारा ९८ को उपधारा उपधारा १३ बमोजिम अविश्वासको प्रस्ताव दर्ता गरिएको  बताईएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ