arrow

३३ बर्षमा बनेको अपांगता अधिकार सम्बन्धीको बिधेयक पारित हुनेमा आशंका

logo
प्रकाशित २०७३ असार २९ बुधबार
sudrsan-subedi.jpg1.jpg.jpeg

काठमाडौ । अपांगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी बनेको बिधेयक पटक पटक बने पनि संसदबाट पारित हुन सकेको छैन् । छैठौपटक बनेको कार्यदलले बनाएको बिधेयक संसदमा असार २० गते टेवल भए पनि पछिल्लो राजनैतिक घटनाक्रमले तुरुन्त पास हुने कुरामा आंशका बढाएको भन्दै जतिसक्दो चाँडो संसदबाट पास हुने वातावरण बनाउन राष्ट्रिय अपांग महासंघ नेपालले आग्रह गरेको छ ।   

अपांगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धी २००६ लाई कार्यान्वयन गर्न समेत भएका कानुनहरुलाई समयअनुकुल बनाउनु पर्ने भए पनि ३३ बर्षसम्म कानुनमा परिमार्जित नहुँदा धेरै समस्या देखिएकोले यथासक्य यो बिधेयक पारित हुनु पर्ने राष्ट्रिय अपांग महासंघ नेपालका अध्यक्ष सुदर्शन सुवेदीले पत्रकार सम्मेलनमा बताए । उनले यो बिधेयक पारित हुन ढिला हुदाँ भेष बदलेर अपाङताको भेषमा जागिर खाने बढेको र उनीहरुलाई कारवाही गर्न समेत नसकिएको बताए ।  

अझै पनि बहुसंख्यक अपांगता भएका नागरिकहरु अत्यन्त दयनिय अवस्थामा वाँच्न विवस रहेको तथा अपांगतामा पनि अति वा पुर्ण अशक्त अपांगता भएका व्यक्तिहरु, हेमोफेलिया, मनोसामाजिक, बौद्धिक अपांगता ,अटिजम ,डाउनसिन्ड्रोम, श्रवण दृष्टिविहिन, अपांगता भएका महिला, कुष्ठप्रभावित र सिकाई अपांगता लागायतका अपांगता भएका व्यक्तिहरुको हक अधिकार दिलाउन समेत ऐन आए पछि सहज हुने बताइएको छ ।

यस भन्दा अघिको २०३९ सालमा बनेको ऐनमा अपाङगता भएका ब्यक्तिहरु सहभागि नभइ बनेको र अहिलेको ऐनमा अपाङगताको सहभागिमा बनेको कारण यो महत्वपूर्ण रहेको बताइएको छ ।  

यो विधेयक निर्माणका क्रममा सरोकारवालाहरुको संलग्नतामा प्रशस्त सुझाव संकलन भएको हुँदा यो विधेयक अन्य भन्दा राम्रो रहेको बताइएको छ । यस विधेयक पारित हुन ढिलाई भएको कारणले गर्दा अपांगता क्षेत्रका थुप्रै अधिकारहरु कार्यान्वयनमा ढिलाई भएको महशुस गरेको पत्रकार सम्मेलनमा बताइयो ।

 

 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ