arrow

'बजेट पास नहुँदै सरकारप्रति अविश्वास दर्ज भएको संसदीय इतिहासको पहिलो घटना'

logo
प्रकाशित २०७३ असार २९ बुधबार
Mahesh-Acharya.jpg.jpeg
काठमाडौँ। सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि बजेटसम्बन्धी विभिन्न आश्रित विधेयक पारितको प्रक्रियाबारे दलहरुबीच सहमति नहुँदा व्यवस्थापिका–संसद्को आजको बैठक बस्न सकेन।
 
आज बिहान ११ बजेका लागि तोकिएको बैठक सूचना टाँस गरेर अपराह्न ३ बजे बस्ने भनिएपनि साँझ ५ बजे बस्दै नबसी स्थगन भएको छ। संसद्को कार्यसञ्चालन नियमावलीअनुसार तोकिएको समयभन्दा दुई घन्टासम्म बैठक नबसेमा स्वतः स्थगित हुने व्यवस्था छ। संसद्को बैठक पर्सि शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ।
 
‘आर्थिक विधेयक, २०७३’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७३’ र ‘ऋण तथा जमानत (एक्काइसौँ संशोधन) विधेयक, २०७३’ मा दफाबार छलफल गरी पारित गर्ने आजको कार्यसूची थियो।
 
संसद् सचिवालयका प्रवक्ता डा भरतप्रसाद गौतमले सत्ता पक्षले बजेटसँग सम्बन्धित बाँकी विधेयक आजै पारित गराउन खोजेको र विपक्षीले अर्को दिन गर्न खोजेका कारण बैठक हुन नसकेको जानकारी दिए। यसअघि संसद्ले ‘विनियोजन विधेयक, २०७३’ पारित गरिसकेको छ।
 
सरकारबाट फिर्ता भएको नेकपा माओवादी केन्द्रले आर्थिक विषयका ती विधेयक पारित गर्न सघाउने मङ्गलबार जनाएपनि अविश्वास प्रस्ताव दर्ता गरिसकेको अवस्थामा के गर्ने भन्ने विषयमा अन्योल उत्पन्न भएको हो।
 
नेपाली काँग्रेसका नेता महेश आचार्यले बजेटसँग आश्रित विधेयक सरकारको मात्र नभई राष्ट्रकै भएकाले यसलाई पारित गराउन आफ्नो दलबाट बाधा नरहेको प्रतिक्रिया दिए। उनका अनुसार विनियोजन विधेयक पारित भएको, अविश्वास प्रस्ताव दर्ता भएको र बजेटका आश्रित विधेयक पारित हुन बाँकी रहेको यस्तो घटना संसदीय इतिहासमै पहिलो हो। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ