arrow

सरकारले औषधि व्यवसायलाई घृणित बनाएको आरोप

logo
प्रकाशित २०७३ असार २९ बुधबार
NCDA.jpg.jpeg
काठमाडौं । नेपाल औषधि व्यवसायी संघले सरकारले औषधि व्यवसायलाई घृणित बनाएको आरोप लगाएको छ । वाणिज्य विभाग, आपूर्ति व्यवस्थापन विभाग लगायत अन्य सरकारी निकायहरुले अनुगमनका नाममा संकटमा गुज्रिरहेका व्यवसायीलाई थप निरुत्साहित बनाएको संघको भनाइ छ । 
 
‘अनुगमनका नाममा स्वास्थ्य जस्तो सम्बेदनशील व्यवसायमा रहका व्यवसायीहरुमाथि, व्यवसायीहरुको इज्जत तथा प्रतिष्ठामासमेत आँच पुग्ने गरी र व्यवसायीहरुलाई आतंकित बनाउने, पेसा र व्यवसायलाई नै समाजमा घृणित बनाउने गरी भैरहेको अनुगमन कार्य कदापि स्वीकार्न सकिँदैन,’ अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले जारी गरेको विज्ञप्तीमा भनिएको छ । संघले औषधि व्यवसायमा तत्काल अनुगमनको आतंक बन्द गर्न अपिल गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ