arrow

जनसम्पर्क समिती जापानको अधिवेशन र कार्यभार

logo
राजेन्द्र जमरकट्टेल,
प्रकाशित २०७३ असार ३० बिहिबार
rajendra-jamarkattel.jpg.jpeg
नेपाली जनसम्पर्क समिती जापान स्वस्थ्य, लोकतान्त्रिक पद्धति अवलम्बन गर्ने सस्था हो जसको जन्म बिधीवत रुपमा सन २००० मा भएको हो। तर त्यस भन्दा अगाडी सन १९९२ मे १ तारिख टोकियोको उएनो पार्क भएको भेलाले नेपाली काँग्रेस सम्पर्क समिति गठन गरि सन १९९७ सम्म नेपाली काँग्रेससँग आस्थावान साथीहरुलाई गोलबन्ध गर्दै सक्रिय रहेको थियो । दुई दशक यात्रा तय गरिसकेको यस संस्था राष्टियता, लोकतन्त्र, समाजबाद सहितको समग्र एकताले नेपाल राष्ट्रको सम्वृद्धि गर्छ भन्ने मान्यता र बिश्वासका साथ अघी बढिरहेको छ। हाम्रा आस्था र लोकतान्त्रिक विचार बोक्नेहरुको आत्मियतालाई एउटै गन्तब्य डोराउने मार्गदशक  जनसम्पर्क समिती जापान सिद्धान्त निष्टहरुको सामुहिकता बोकेको चल्ति ट्रेन।
 
स्वर्गीय महामानव वी पी कोईरालाबाट प्रवासको भुमि रहँदा देशको माया र पार्टीमा सिद्धान्तनिष्ट कार्यकर्ताहरुमा जीवन्तता रहिरहोस भनी भारतीय भुमिबाट नामकरण गरि गठन भएङ्को पहिलो संगठन भारत हुदै आज बिश्वभर फैलिएको छ। जनसम्पर्क समितिहरुको इतिहास हेर्दा भारत पछि यस संगठनको शुरुवात जापानबाट भएको छ। जापान बस्नु हुने अग्रज हस्ति विश्वनाथ शर्मा, मनुराज श्रेष्ठ, जेपी पण्डित, नारायण थापा (हाल अमेरीका), स्वर्गीय भीष्म पौडेल लगायतले यस संस्थालाई शुरुवात गर्नुभएको थियो जापानमा। पछि स्वार्गिय राम बहादुर बस्नेत, महेशकुमार श्रेष्ठ, कृष्ण प्रसाद सुबेदी, बलराम श्रेष्ठ, भुपि गोबिन्द श्रेष्ठ, बर्तमान सभापति नारायण सुबेदीको निष्ठा, योगदान र निरन्तरताले नै हामी जस्ता युवाहरु जनसम्मपर्क समितिको नेतृत्व तहमा पुग्न सफल भएका छौ। अग्रजहरुको प्रेरणा र हौसला एवं साथीहरुको साथले आजका दिन सम्म जनसम्पर्क समिती जापान समस्त जापानबासीको प्यारो सस्था, ढुकढुकी र पहिचान बनेको छ।
 
सबै क्षेत्रिय संघहरुमा नयाँ कार्य समिती चयन, सर्वसम्मत र कान्तो क्षेत्रमा चुनाबी प्रतिस्पर्धाबाट चयन भईसकेको छ। अब सबै दृष्टी छैठौं अधिबेसनतर्फ तानिएको छ। यो स्वाभाविक पनि हो। कुनै पनि ब्यक्ति संघ सस्था र संगठनमा आवध्द भएपछि समय सापेक्ष सक्रियता देखाउदै नेतृत्वमा पुग्ने अधिकार सबैको नैसर्गिक अधिकार हो। तर पनि नेतृत्व गर्न चाहने ब्यक्तिको सक्षमता, दक्षतासँगै सैद्धान्तिक ज्ञान, सांगठनिक ज्ञान, संस्थाको आचरणप्रति कट्टिबद्ध हुँदै निरन्तरता सँगै बिश्वास पैदा गर्न सक्नुपर्छ। तबमात्र संस्थाको बिकाससँगै गरिमा बढाई समाजमा पार्ने प्रभाब पनि अतुलनीय रहनेछ। पद र ब्यक्तिगत प्रतिष्ठाको लागि मात्र नेतृत्वमा होमिने परिपाटीले न त समस्त सदस्यको प्रतिनिधीत्व गर्न सक्छ नत जनसम्पर्क समितिको बिकास। यस सस्थाको नेतृत्वलाई साउनको भेल जस्तो सम्झन पनि भएन। जसरी हिउँद बर्खा नभनी नदीको निरन्तर प्रवाह रहन्छ त्यसरी नै बगिरहने खडेरीको शिथिलतासँग आफ्नो गन्तब्यमा आइरहेका रोकावाटलाई परास्त गर्दै अघि बढनु पर्नेछ।
 
यो पटक मताधिकार प्राप्त गर्नु हुने साथीहरु देखि शुभचिन्तकहरुले जनसम्पर्क समिति जापानको नदी जस्तै सही नेतृत्व खोजिरहेछन। पक्कै जनसम्पर्क समिती जापानको पुरै टिमका नेतृत्व खहरे खोला जस्तो पनि नबनोस भन्नेमा पनि सचेत छन्। खहरे खोला सुक्दा कमिलाको क्रिडास्थल बने जस्तै हरेक मतदाताहरुले विवेकपुर्ण निर्णय गर्नेछन्। अवसरबादी, सामन्तबादी सोच, एकलबादी नेतृत्वको चाहाना, पुरातनबादी सोच, पलायनबादीहरुको घुसपैठको चलखेलबाट जनसम्पर्क समिती बचाई राख्नु पनि आजको नेतृत्वको सही जिम्मेवारी र अर्थपुर्ण भुमिका बन्नसक्छ।
 
बिगतदेखी बर्तमानको नेतृत्वले लोकतन्त्रको संस्थागत बिकासमा आफ्नो पँहुचको आधारमा नैतिक, आर्थिक, सामाजिक र जनचेतना जगाई नेपाली काँग्रेसकोको आधारभूमिलाई उग्रवादको धरातलिय क्षयिकरणबाट जोगाउन एक हद सम्म सक्दो प्रयास गरिरहेको छ। त्यसको ज्वलन्त उदारहण हरेक नेपाली काँग्रेसको आस्था बोक्ने साथीहरु जापान काग्रेस हुँ भनेर खुलेआम चिनिन सक्नुहुन्छ।
 
नेपाली काँग्रेसप्रति बिभिन्न पार्टी, समुहले नेपालदेखि जापानसम्म गर्ने गरेका आरोप, सैद्धान्तिक कटुता, अनलाईनमिडियामा हुने छेडछाड, कटु आलोचकहरुबाट कर्मठ जापानबासी साथीहरुलाई जोगाउन र समयानुकुल प्रतिरोध गर्न सक्ने बनाउन सैद्धान्तिक प्रशिक्षणले हरेक ब्यक्तिको नेतृत्व बिकास गराई हरेक कार्यक्रममा सबैको अपनत्व दिलाई गोलबध्द गर्नु पर्ने छ।
 
सूचना आदान प्रदान गरि विद्यमान देशको लोकतन्त्रबाट प्राप्ति गरेको उपलब्धिहरुलाई जोगाउनु हाम्रो पनि कर्तब्य हुन आउछ। कतै देशभक्त र अन्धो राष्ट्रबादको नाममा कतै लेलिन र माओबादका उग्र कान्त्रिकारी नयाँ जनवादका नाममा कतै वर्ग संघर्ष र जातियताका नाममा कतै पहाडिया र मधेशीताका नाममा समाजमा पारिएका दरारहरुलाई मेटाउनु हामी आम काँग्रेसीहरुको दायित्व हो। यो राष्ट्र विकाशको शर्त पनि हो। उग्रबादका नाममा गरिएका भागबन्डाहरु देशलाई पक्कै हानी पुर्याउने छन्। आजको राजनैतिक गतिविधि हेर्दा नत बैज्ञानिक नत भौगोलिक नत बस्तुबादी नै छ। कसरी आफ्नो धार्नी बोझिलो होस् भन्ने सोच मात्रै बोकिएको छ। समाजमा भोलि दोषारोपणको भागी हुन नपरोस सहि समयमा सहि नीति अबलम्बन गरे मात्र बीपीको मेलमिलापको नीति जस्तै दीर्घकालीन अस्तित्व राख्न सक्दछ। त्यसका निम्ति हामी जनसम्पर्क समिति जापान सदैब सजक रही आफ्ना नेतृत्वहरुलाई घच्घच्याइ रहनु पर्ने छ।
 
त्यसैले जनसम्पर्क समिति जापानको आगामी नेतृत्वले चुनाबी प्रतिष्पर्धा मात्रै हैन हाम्रा काँधमा गहन जिम्मेवारी भएको बोध गरि सकेसम्म योग्य साथीको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गर्नु या स्वच्छ प्रजातान्त्रिक पद्दतिबाट चुनिनु पर्नेछ। आफ्नो आङको जुम्रा नदेख्ने अर्को साथीको आङको धुलो देख्ने प्रवृतिको अन्त्य गरि व्यक्तिवादी दोषारोपण हैन आत्मियताको विकास गरि सामुहिक बौद्धिक विकासले सिङ्गै जनसम्पर्क समिति जापानको आङ ढाक्न सक्छ र त्यसतिर सोच्नु अनिवार्य पनि छ। 
 
सामुहिकता नै सहजता हो, जीत नै चरम आनन्द हैन। सार्थकता नै जीत हो, यसलाई जीवन्त पार्न सिकौ। तवमात्र जनसम्पर्क समिति जापानको अब आउने नेतृत्वले आम जापानवासी समुदायको भावनालाई सम्बोधन गर्नेछ।
 
(लेखक जनसम्पर्क समिति जापानका महामन्त्री हुन्।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ