arrow

'अफगानिस्तान स्वतन्त्र राष्ट्र' भन्दै तालिबानले भन्यो- अमेरिकाको हार अरूका लागि पाठ हो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १५ मंगलबार
spokesman taliban.jpg

काठमाडौँ । तालिबानले अफगानिस्तान स्वतन्त्र र सार्वभौम राष्ट्र भएको बताएको छ । अगस्त ३१ अर्थात् आज मङ्गलवार अमेरिका  २० वर्ष लामो युद्ध सक्काएर अफगानिस्तानबाट पूर्ण रूपमा बाहिरिएपछि तालिबानले यस्तो भनेको हो ।

अमेरिकी सेना बाहिरिएसँगै मङ्गलवार तालिबानले काबुल विमानस्थल नियन्त्रणमा लिएको छ । अमेरिका सेना बाहिरिएपछि तालिबानले मङ्गलवार सबेरै आकाशमा बन्दुक पड्काउँदै उत्सव मनाएको थियो।

काबुलबाट पत्रकारहरूसँग बोल्दै तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले भनेका छन्, 'हामीलाई कुनै शङ्का छैन कि इस्लामिक एमिरेट अफ अफगानिस्तान एक स्वतन्त्र र सार्वभौम राष्ट्र हो।'

उनले अघि भने 'अमेरिका पराजित भएको थियो, र बाँकी विश्वसँग हामी राम्रो सम्बन्ध राख्न चाहन्छौँ ।' यस्तै उनले स्वतन्त्रता र इस्लामिक मूल्य मान्यताहरूको रक्षा गर्ने बताएका छन् ।

अमेरिकाले काबुल स्थित दूतावास बन्द भए पनि अफगानिस्तानमा रहेका आफ्ना नागरिकहरूलाई कतारको दोहाबाट सहयोग गर्ने बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ