arrow

राष्ट्रिय लिग : त्रिभुवन आर्मी र सुदूरपश्चिमको भिडन्त

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1395447158.jpeg

काठमाडौं । राष्ट्रिय लिग फुटबलमा शुक्रबार त्रिभुवन आर्मी र सुदूरपश्चिम फुटबल क्लव कैलाली भिड्दै छन् । लिगमा १३ खेलबाट २४ अंक जोडेको आर्मी तेस्रो स्थानमा छ  ।

१४ खेलबाट १७ अंक जोडेको सुदूरपश्चिम ९ टोली सहभागि लिगको छैठौं स्थानमा छ । उपाधि दावेदारी बलियो पार्न आर्मीले खेल जित्नैपर्ने हुन्छ ।

बिहिबार भएको खेलमा सशस्त्र प्रहरी बलले लुम्बिनी फुटबल क्लवलाई ५–१ ले हरायो । सशस्त्रलाई विजयी गराउन गणेश लावतीले ह्याट्रिक गरे । जितसँगै १३ खेलबाट २३ अंक जोडेसँगै सशस्त्र अंक तालिकाको पाँचौ स्थानमा छ ।

१३ खेलबाट २६ अंक जोडेको थ्रीस्टार शीर्ष स्थानमा छ । समान खेलबाट २५ अंक जोडेको मनाङ मस्र्याङदी दोस्रो स्थानमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ