arrow

ओली सरकारका निर्णय : गुगल ब्वाईलाई १ करोड, लगानी बोर्डमा पदाधिकारी नियुक्त

logo
प्रकाशित २०७३ असार ३१ शुक्रबार
baluatar.jpg.jpeg.jpeg
काठमाडौं । सरकारले ‘गुगल ब्वाई’को नामले परिचित आदित्य दाहालको संरक्षणार्थ गठित आदित्य प्रतिष्ठानलाई १ करोड रुपैयाँ सहायता दिने निर्णय गरेको छ । 
 
शुक्रबार आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । यसैगरी बैठकले लगानी बोर्ड सदस्यमा भवानी राणा र राजेशकाजी श्रेष्ठलाई नियुक्त गरेको छ । राणा नेपाल उद्योग वाणिज्य महासंघकी बरिष्ठ उपाध्यक्ष हुन् भने श्रेष्ठ नेपाल चेम्बर अफ कर्मशको अध्यक्ष हुन् । 
 
यस्तै, बैठकले ऋण असुली न्यायाधीकरण सदस्यमा मानबहादुर अर्याल नियुक्त गर्ने निर्णय गरेको छ । सरकारबाट एक घटक माओवादी केन्द्र बाहिरिएपछि बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यसअघि विहिबार मात्रै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त विज्ञप्ति जारी गर्दै ओली सरकार अल्पमतमा परिसेककाले काम चलाउ सरकारले दीर्घकालीन असर पुग्ने खालका कुनै पनि निर्णय नगर्न आग्रह गरेको थियो ।
 
यद्यपि, सो आग्रहलाई वेवास्ता गर्दै ओली सरकारले मन्त्रिपरिषद् मार्फत विभिन्न निकायमा पदाधिकारी नियुक्त गरेको हो । प्रधानमन्त्री ओली पक्षका नेताहरुले आफुहरु चुप लागेर नबस्ने बताएका छन् । विहिबार संसदीय दलको बैठकमा समेत प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने र दिन आवश्यक नरहेको भन्दै नेताहरुबीचमै बाझाबाँझ भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ