एजेन्सी । सर्च इन्जिन गूगलले पछिल्लो एक दशक भित्र सबैभन्दा ज्यादा खोजिनेको बलिउड कलाकारको सूचि सार्वजनिक गरेको छ ।सो सुचिमा सलमान खान र सन्नी लियोन सबैभन्दा ज्यादा खोजिनेको बलिउड कलाकार रहेका छन् ।
गूगलले एक कार्यक्रम बिच सो सूची सार्वाजनीक गरेको हो । जस अनुसार सर्च हुने बलिउड अभिनेताहरुमा सलमान पछि शाहरुख खान, अक्षय कुमार र अमिताभ बच्चन रहेका छन् । यस सूचीको दस अभिनेताहरु भित्र ऋतिक रोशन, शाहिद कपूर, रणबीर कपूर, आमिर खान र इमरान हाशमी रहेका छन् ।