arrow

डोलेश्वर र आशापुरीमा एकमहिने मेला सुरु

logo
प्रकाशित २०७३ साउन १ शनिबार
doleshower.jpg.jpeg
भक्तपुर । सूर्यविनायक नगरपालिका सिपाडोलस्थित आशापुरी महादेव मन्दिर र केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आजदेखि एकमहिने मेला सुरु भएको छ । मेलामा आजैदेखि घुइँचो लागेको छ । डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले आज सूर्यविनायक–६ स्थित चन्द्रविनायक गणेश मन्दिरबाट डोलेश्वर महादेव मन्दिरसम्म कलशयात्रा गरेर मेलाको शुभारम्भ गरेको समितिका वरिष्ठ उपाध्यक्ष किरण थापाले जानकारी दिए । 
 
आगामी भदौ ६ गतेसम्म लाग्ने मेला अवधिभर गणेश पुराण पञ्चाध्यायी, शिवपुराण, श्रीमद्भागवत, धार्मिक प्रवचन, विभिन्न धार्मिक गुरुबाट प्रवचन कार्यक्रम रहेको मेला आयोजना समितिका संयोजक एवम् विकास समितिका उपाध्यक्ष सूर्यबहादुर खाइतुले जानकारी दिए । 
 
त्यसैगरी साउन सुरु भएपछि आजैदेखि सिपाडोलस्थित आशापुरी महादेव मन्दिरमा पनि एकमहिने मेला सुरु भएको छ । आशापुरी महादेव मन्दिरमा साउनमा मेला भरेमा मनले चिताएको पुग्ने जनविश्वास रहँदै आएको छ । छोराको चाहना गर्ने दम्पतीले कामना गरेमा पुग्ने जनविश्वास रहेको स्थानीयवासी रामेश्वर फुयाँलले बताए । 
 
आशापुरी महादेव मन्दिरमा साउनभरि पूजापाठ गर्ने, रुद्री– होम लगाउने र व्र्रत बस्नेको भिड लाग्ने गरेको छ । यहाँ भक्तपुर, ललितपुर, काठमाडौँ र काभ्रेपलाञ्चोकका विभिन्न क्षेत्रमा बसोवास गर्दै आएका दर्शनार्थी आउने गरेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ