arrow

संसदको कार्यसूची विवाद हटाउन घर्ती कसरतमा

logo
प्रकाशित २०७३ साउन ५ बुधबार
onsari.jpg.jpeg
काठमाडौं । व्यवस्थापिका संसदको बैठकमा देखिएको अलमल हटाउन सभामुख ओनसरी घर्तीले भेटघाटलाई तीव्रता दिएकी छिन् । 
 
संसदको नियमावली र कार्वाहीमा देखिएको अलमल हटाएर भोलि बिहीबारदेखि संसदमा हुने सरकारविरुद्ध अविश्वासको प्रस्तावबारेको छलफललाई अगाडि बढाउन सभामुख घर्ती छलफलमा जुटेकी हुन् ।
 
शीर्ष दलका प्रमुखहरूलाई भेटिसकेकी छिन् । मंगलबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीलाई भेटेकी घर्तीले त्यसपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटिन् ।
 
उनले भेटका क्रममा अवरोध हटाएर बिहीबारको संसद बैठक सुचालु गर्न सघाउनसमेत अनुरोध गरेकी छिन् । 
 
सभामुख घर्तीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई पनि देउवा निवास बुढानीलकण्ठमा भेटेर संसदको नियमितताका लागि आग्रह गरेकी छिन् । 
 
सभामुख घर्तीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेट्ने कार्यक्रम रहेको छ । 
 
नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच सरकारका लागि गठबन्धन भएसंगै केपी ओली सरकार अल्पमतमा परेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ