arrow

नेपालका ७ युवा वैज्ञानिकलाई पदक

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ साउन ५ बुधबार
nepali-yuba-padak.jpg.jpeg
विराटनगर । भारतको नयाँ दिल्लीमा हालै भएको युवा वैज्ञानिकहरुको सम्मेलनमा सात जना नेपाली युवा वैज्ञानिकहरुले कांस्य तथा चाँदीका पदक जितेका छन् । 
 
विराटनगरमा पत्रकार सम्मेलनगरी  एशिया प्रसान्त युवा वैज्ञानिकहरुको सम्मेलनमा विराटनगरका निमेष खुलाल र दोलखाका रामु खत्रीले चाँदीको पदक, जनकपुरकी इशा देव, काठमाडाँैकी एसी चोमजोम, चितवनकी शिल्पा भण्डारी, लहानका रोशन शर्मा र सर्लाहीका आयुषकुमार चौधरीले कांस्य पदक ल्याएको जानकारी गराइयो । 
 
युवा वैज्ञानिकरुलाई नेपाल पोलिमर इन्स्टिच्युट काठमाण्डौ र व्रेनिक्युव रिर्सच अर्गनाइजेशनका आकाश देवले संयोजन गरेका थिए । सम्मेलन जुलाई १३ देखी १७ सम्म नयाँ दिल्लीको एमिटी युनिभर्सिटीमा भएको थियो । सम्मेलनमा १५ मुलुकका चारसय भन्दा बढी प्रोजेक्टहरु प्रतिस्पर्धामा थिए ।
 
जसमध्ये नेपालवाट भौतिक शास्त्र, कम्प्युटर विज्ञान, वातावरण विज्ञान र इन्जिनियरिंग विज्ञानमा ६ वटा प्रोजेक्टहरु प्रस्तुत गरिएको थियो । सम्मेलमाा प्रस्तुत प्रोजेक्टहरु प्रोफेसर डाक्टर रामेश्वर अधिकारी को नेतृत्वमा नेपाल पोलिमर इन्स्च्यिुटका वैज्ञानिकहरुले गाइड गरेको  देवले बताए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ