arrow

टर्कीमा तीन महिना संकटकाल, सैन्य कू मा लाग्नेलाई छानीछानी कार्वाही

logo
प्रकाशित २०७३ साउन ६ बिहिबार
turkey.jpg.jpeg
एंकारा । टर्कीमा संकटकाल लागेको छ । टर्की सरकारले तीन महिनाका लागि राष्ट्रिय संकटकालको घोषणा गरेको हो ।
 
गत हप्ताको शुक्रबार राति सैनिक ‘कू’ को प्रयास भएपछि संविधान अनुसार राष्ट्रिय आपत्कालीन अवस्था घोषणा गर्नुपरेको राष्ट्रपति कार्यालय एंकाराबाट राष्ट्रपति रिसेप तैइप एर्दोगानले बताए ।
 
राष्ट्रपति एर्दोगानले सरकारी टेलिभिजनमार्फत सम्बोधन गर्दै कू को प्रयास असफल पार्न नागरिकले पुर्‍याएको योगदानको प्रशंसा पनि गरे ।
 
संकटकाल घोषणाले कू को प्रयासमा संलग्नलाई कारबाही गर्न सहयोग मिल्ने राष्ट्रपति एर्दोगानको भनाइ छ ।
 
आफ्नो देशमा आइपरेको समस्याका बारेमा बाहिरी राष्ट्रको हस्तक्षेप हुन नहुनेमा पनि राष्ट्रपतिले जोड दिएका छन् । कू को प्रयासमा संलग्न भएको आरोपमा टर्कीमा ५० हजारभन्दा बढी मानिस कारबाहीमा परिसकेका छन् ।
 
कारबाही अभियान अझै नसकिएको टर्की सरकारले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ