arrow

‘सभामुखकै कारण दलहरुबीच झडपको स्थिति आयो’

चिनिया राष्ट्रपतिको भ्रमणले कांग्रेस–माओवादी डराए

logo
प्रकाशित २०७३ साउन ६ बिहिबार
Sherdhan-new-news-saun.JPG.jpeg
भक्तपुर । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण नगराउने नियतले वर्तमान सरकार विघटन गर्न खेल भएको  बताएका छन् । 
 
रफत सञ्चार क्लबको साक्षात्कारमा मन्त्री राईले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण पछि नेपालमा कायापलट हुने डरले नेपाली काँग्रेस र माओवादी केन्द्रले यो सरकार विघटन गर्न लागेको आरोप लगाए ।  
 
वर्तमान सरकारमाथि अविश्वासको प्रस्ताव काँग्रेस र माओवादीबीच गलत नियतले अध्याँरो कोठामा बसेर गरिएको र यसले सकारात्मक परिणाम नल्याउने भन्दै उहाँले यो नयाँ गठबन्धन  नेपाल र नेपालीको हितमा नभएको जिकिर गरे ।  
 
संसदमा सभामुखले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने भएपनि हाल उहाँको भूमिकालाई नियाल्ने हो भने निश्पक्ष छै–मन्त्री राईले भने ।   सभामुखले वर्तमान समयमा आफ्नो भूमिका निष्पक्ष राख्न नसक्दा राजनीतिक दलहरुबीच झडपको स्थिति उत्पन्न भएको र यसले संसदको मर्यादामा समेत प्रश्न उठेको उनको भनाई छ ।  
 
वर्तमान सरकारले ल्याएको नीति र कार्यक्रम अब बन्ने सरकारले जस्ताको त्यस्तै कार्यान्वयन गर्नुपर्ने भन्दै मन्त्री राईले भने, ‘यो नीति तथा कार्यक्रम २ करोड ८० लाख नेपाली जनताले अनुमोदन गरिसकेकाले यसलाई कार्यान्वयन गर्नु पर्छ ।’
 
सरकालाई जसरी अविश्वासको प्रस्ताव राखिएको छ यसको पारित अगावै आर्थिक विधेक पारित गरिनु पर्ने र अविश्वासको प्रस्ताव पेश गरि त्यसमा छलफल गरिनु पर्नेमा एमालेको जोड रहेको उनले बताए ।
 
उनले नेपाली विभिन्न स्थानमा गरिएका भोज र तराई आन्दोलन सरिक गठबन्धनले काँग्रेस र माओवादीलाई गरेको सहयोगले काँग्रेस र माओवादी केन्द्रबीच भएको सम्झौता आफ्नो इच्छाले भन्दा पनि बाहिरी प्रभावमा बनेको स्पष्ट भएको मन्त्री राईको आरोप छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ