arrow

एमाले राजाकै पालाको संसदीय शुत्रमा, ‘लोकन्द्रबहादुरले ‘फेस’ गरेको शुत्र लगाऔं’

logo
प्रकाशित २०७३ साउन ६ बिहिबार
Samsad-bhawan2.jpg.jpeg
काठमाडौं । दलहरुबीचको असझ्दारीले सदन अनिश्चित भएको छ । यस्तै, दलीय मतभेदले राजनीतिक ध्रवीकरण थप बढाएको छ । दलहरु निरन्तर छलफलमा जुटे पनि कुनै प्रगति हुन सकेको छैन । सत्ताधारी एमाले यसअघिका परम्परा अनुसार अघि बढ्नु पर्ने पक्षमा छ भने, कांग्रेस माओवादी संसारभरको प्रजातान्त्रिक मूल्य मान्यता अनुसार अघि बढ्नु पर्ने पक्षमा छन् । 
 
संसदकै कार्यसूचीमा दलहरुले दुई दिन देखि सहमति जुटाउन सकेका छैनन् । एमालेले बजेटा आश्रीत आर्थिक विधेयक टुंगो नलगाई अघि बढ्न नहुने अडान राख्ला विपक्षीले पहिले सरकारविरुद्धको अविश्वास प्रस्ताव अघि बढाउन भनेको छ । 
 
एमाले राजाकै पालाको संसदीय शुत्रमा
सत्ताधारी एमाललेले संसदको पुरानै मान्यता अनुसार अघि बढ्नु पर्ने धारणा राखेको छ । संसद भवन नयाँबानेश्वरमा भेटिएका उद्योगमन्त्री सोम प्रसाद पाण्डेले आफुहरुले विगतकै संसदीय अभ्यास अनुसार अघि बढ्नु पर्ने भनेको सुनाए ।
 
उनले भने, ‘२०५२ सालमा लोकेन्द्र बहादुर चन्दविरुद्ध अविश्वास प्रस्ताव आउँदा पहिले नियमित विषयमा छलफल भएर ६ दिन पछि मात्रै अविश्वास प्रस्तावबारे छलफल भएको थियो ।’ सोही अभ्यास अनुसार जाने कुरा हामीले गरेका हौं । राष्ट्र ऋण उठाउने जस्तो महत्वपूर्ण विधेयक पर धकेल्न मिल्दैन ।
 
हामीले संसदमा पहिले आर्थिक विधेयक नै टेवल गरौं भनिरहेका छौं, मन्त्री पाण्डेले थपे, ‘हामीले अविश्वास प्रस्तावको सामना गर्ने भनेको भिडन्त गर्ने भनेका होइनौं । बहस गर्छौ भनेका हौं ।’ दलहरुबीचको दरारले अव संविधान कार्यान्वयन र स्थिरतालाई समेत असर गर्ने पक्का भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ