arrow

हारसँगै नेपालको यात्रा सकियो

हारसँगै नेपालको यात्रा सकियो

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
112284703.png
काठमाडौँ। इरानमा जारी एसियाली फुटबल महासङ्घ १९ वर्षमुनि (एएफसी यु–१९) छनोट प्रतियोगिताअन्तर्गत भर्खरै सम्पन्न खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको छ।
 
आजको हारले आगामी वर्ष बहराइनमा यु–१९ एएफसी च्याम्पियनसिपमा खेल्ने नेपालको सम्भावना सकिएको छ ।
 
नेपाललाई निराश बनाउने क्रममा जोर्डनले खेलको ७ औँ, १४औँ र खेल सकिन अतिरिक्त समयमा गोल गरेको थियो । सुरुमै गोल खाएका कारण दबाबमा आएको नेपालले गोल फर्काउने प्रयास गरे पनि सफल भएन ।
 
पहिलो खेलमा नेपालले आयोजक इरानसँग नेपाली टोली १०–० को अप्रत्याशित हार व्यहोरेको थियो भने दोस्रो खेलमा कुबेतसँग १–१ को बराबरी खेलेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ