arrow

प्रहरीद्वारा नेपाली नागरिकलाई भारतीय बजार सुनौली जानमा रोक

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
435874713.jpeg
लुम्बिनी (रूपन्देही)। आन्दोलनरत मधेसी मोर्चाले भारतीय भूमिबाट नेपाली नागरिक र प्रहरीमाथि साङ्घातिक आक्रमण गरेपछि नेपालस्थित सुरक्षा निकायले नेपाली नागरिकलाई आज बिहानदेखि भारतीय बजार सुनौली जान रोक लगाएको छ ।
 
आन्दोलनरत मधेसी मोर्चा भारतीय भूमिमा बजार गर्न गएका नेपाली नागरिक रूपन्देहीको तिलोत्तमा नगरपालिका भलवारीका कृष्ण विष्टमाथि कुटपिटको घटनापछि सुरक्षाको पूर्ण प्रत्याभूति नहुँदासम्मका लागि सुनौली जानबाट रोक लगाएको प्रहरीले जनाएको छ ।
 
प्रहरीले अत्यावश्यक कामबाहेक भारतीय बजार किनमेलका लागि अथवा अन्य कार्यका लागि भारत जानेहरूलाई कडाइ गर्न थालेको हो ।
 
आन्दोलनरत मधेसी मोर्चाले चर्काएको आन्दोलनमा पहाडीमूलका नेपाली निसानामा पर्न थालेपछि सीमामा कडाइ गरिएको प्रहरी उच्च स्रोतको भनाइ छ ।
 
बुधबार भएको घटनापछि नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी र अञ्चल प्रहरी प्रमुखसहितको सुरक्षा टोलीले भारतको महाराजगन्ज जिल्लाका प्रमुखलाई भारतीय भूमि प्रयोग गरी ढुङ्गामुढा गर्न नदिन आग्रह गरेपछि भारतीय पक्षले पनि सीमामा थप कडाइ गरेको रूपन्देही प्रहरीले जनाएको छ । भारतीय प्रहरीको कडाइ पछि बिहीबार भने सीमा नाका बेलहिया केही शान्त रहेको थियो ।
 
बुधबारको घटनापछि नेपालका तर्फबाट बेलहियामा थप सुरक्षा सतर्कता अपनाएको वरिष्ठ प्रहरी उपरीक्षक गणेश केसीले जानकारी दिनुभयो ।
 
मोर्चाका शीर्ष नेताहरू रूपन्देहीमै रहेकाले आन्दोलन थप अराजक बन्न सक्ने आशङ्कामा सुरक्षा व्यवस्थामा पनि थप कडाइ गरेको प्रहरीको भनाइ छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ