arrow

‘प्रचण्ड र मैले एउटा युग निर्माण गर्ने भनेका छौ, यहाँ भन्न मिल्दैन’ : बामदेव

मेरा अत्यन्त घनिष्ठ मित्र हुन्, मैले उहाँको कहिल्यै कु भलो गरेको छैन

logo
प्रकाशित २०७३ साउन ८ शनिबार
bamdev-gautem.jpg.jpeg
काठमाडौं । एमाले उपाध्यक्ष एवं सांसद बामदेव गौतमले आफु र माओवादी अध्यक्ष पुष्पकमल दाहालले एउटा युग निमार्ण गर्ने संकल्प लिएको बताएका छन् । संसद बैठकमा आफ्नो दलको सरकारमाथि आएको अविश्वास प्रस्तावमाथिको छलफलमा भाग लिँदै गौतमले भने, ‘हामी दुईले एउटा युग निर्माण गर्ने भनेका छौं । अहिले त्यो यहाँ भन्न उपयुक्त हुँदैन । हामीबीच त्यो जिवित छ । अहिले पनि त्यो विग्रिसकेको छैन ।’
 
महाभारतको कथाको उदाहरण दिँदै गौतमले थपे, ‘मेरो मित्रलाई भन्न चाहन्छु म आज दुःखी छुँ । तपाईले कँही कतैबाट मलाई सुनिरहनु भएको होला ।’ मैले जहिले देखि मित्रता गरे आज सम्म कहिल्यै पनि ‘कु’भलो गरिन ।  गौतमले ‘ज्यादै दुःखका साथ उपस्थित भएको छु’ भन्ने बाक्यबाट बोल्न सुरु गरे । उनले भने, ‘मैले यो परिस्थिति आउन नदिनको निम्ति धेरै प्रयत्न गरे । उहाँले यस्तो गर्नु हुन्छ भन्ने लागेको थिएन । मैले जहिले देखि मित्रता गरे । त्यहाँबाट सम्बन्ध निकै निकट छ । उहाँको पार्टीको राजनीतिमा उतार चढाव आउँदा सल्ला दिए ।’ मेरो मित्रलाई विवेक प्रयोग गरेर सल्लाह दिने गरेको छु । गौतमले वैशाख २२ गते माओवादीले राष्ट्रिय सरकारका लागि गरको आह्वानको प्रसंग कोट्याउँदै वक्तव्य पढेपछि विचार गरिरहेकै बेला प्रचण्डले बोलाएको सुनाए । 
 
उनले अगाडी भने, ‘म उहाँको निवास पुगेँ । उहाँले सोझै भन्नु भो राष्ट्रिय सहमतिको सरकारका लागि तपाईको दलले सहयोग गर्नु पर्यो । मैले भने हुन सक्दैन । यो भनेको सरकार परिवर्तन गर्ने कुरा हो ।’ तपाईको यो प्रस्तावले त संविधानले व्यवस्था गरेको जेठ १५ मै बजेट ल्याउने विषय धरापमा पर्छ । २६ गते राष्ट्रपतिको सम्बोधन छ । जेठ १५ गते बजेट भाषण छ । यसो गर्नु हुँदैन भनेपछि उहाँले मान्नु भो । त्यसैले पनि उहाँप्रति म कहिल्यै अनुदार भएन ।’
 
हाम्रोबीचमा लप्पन छप्पन कुरा हुँदैन थियो, गौतमले सुनाए, ‘यो सरकार तपाईले बनाएको होइन, तपाई नभएको भए सरकार बन्दैन थियो । भन्दै गएपछि उहाँले अन्तिम समयमा तपाईले मलाई उपयोग नगर्ने, मैले तपाईलाई उपयोग नगर्ने भन्ने शर्त राख्नु भो । सोही अनुरुप मैले उहाँ र उहाँको पार्टीलाई उपयोग गर्ने प्रयत्न पनि गरिँन ।’ खुला रुपमा भन्छु, शर्तकै आधारमा ओलीलाई हटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको थिए । हस्ताक्षर मात्रै गरको थिएन । ९ बुँदे र तीन बुँदे पनि बनाएकै हो । 
 
द्वन्द्वकालमा उहाँ बाहिर हुँदा हाम्रो हप्तामा दुई पटक टेलिफोन कुराकानी हुन्थ्यो । मैले आज सम्म पालना गरेको कुरा उहाँले अहिले बताउन सक्नु हुन्न । गौतमले विगत खोलिरहँदा दाहाल सो बखत सदनमा थिएनन् । अन्य माओवादीका अन्य सांसदहरुले ध्यानपूर्वक सुने ।   
 
रोल्पाको ६ बुँदे देखि १२ बुँदे सम्मको मेरो अदृश्य भूमिका कुनै दिन प्रचण्ड जीको आत्म कथामा आउला 
गौतमले द्वन्द्वबाट माओवादीलाई वार्तामा ल्याउने काम आफैले गरेको सुनाए । उनले भने, ‘सम्झौता गर्न मैले लगाएको थिए । सिलगढीमा वार्ता हुँदा प्रचण्डले अबको बाटो के हुन्छ भनेर सोध्दा मैले ‘सरकारसंगको वार्ता’ भनेको थिए । बाबुरामजीले मान्नु भएन । प्रचण्डजी मौन बस्नु भो । मैले भनेको थिए वार्ता गर्नु भो बने तपाईहरु बाँच्नु भो गर्नु भएन भने आफै नास हुनुहुनेछ ।’ त्यतिमात्र होइन । मैले रोल्पाको ६ बुँदे देखि १२ बुँदे सम्झौता सम्म ‘व्यागराउण्ड’ मा बसेर खेलेको भूमिका कुनै दिन प्रचण्डजीको आत्मकथामा आउला । कसैले लेख्लान् । अब उपरान्त दुई खतरा रहेको बताउँदै गौतमले माओवादी नेतालाई मृत्युको मुखबाट बचाउने काम आफुले गरेको सुनाए । उनले अब उपरान्त माओवादीलाई कठिन परिस्थिति आउने उनको भनाई छ । 
 
भूकम्पको पीडामा राष्ट्रिय एकताको कुरा गर्ने प्रचण्ड नै हुन्, मेरो अध्यक्षले समेत मलाई पत्याएनन् 
गौतमले खुला रुपमा २०७२ वैशाख १२ र २९ को भूकम्पले देशमा भएको नोक्सानीपछि आफुले ३ नेतालाई एक ठाउँमा ल्याउन समेत भूमिका खेलेको बताए । उनले भने, ‘त्यस बेला प्रधानमन्त्री रहेका सुशील कोइराला कहाँ जादा पनि केही प्रतिक्रिया आएन, आफ्नै अध्यक्ष कहाँ जाँदा समेत कुनै प्रतिक्रिया आएन । या मलाई यी दुवैले पत्याएनन् भन्ठाने । तर, प्रचण्ड कहाँ जाँदा उनले माने । उनले नै भनेका थिए अब हामी कोही सत्ता पक्ष र प्रतिपक्षी रहेनौं । तीनै नेताले खुलामञ्चमा हामी एक छौं भन्दै हात खडा गरेर सार्वजनिक कसम खाएकै हुन् ।’
 
अन्ततः परिस्थति बेग्लै हुँदा आफु निकै निराश भएको गौतमले बताए । अन्तिमका आक्रोशित भएर प्रस्तुत भएका गौतमले अविश्वास प्रस्ताव कस्का विरुद्ध ल्याएको । आफ्नै मन्त्रीविरुद्ध भन्दै प्रश्न गरे ? गौतमले समय सकिएर माइक अफ भए पनि आफ्नो भनाई टुंग्याएरै छाडे । उनलै अन्तिममा पनि आफ्नो परम मित्र दाहालसंग निकै दुःखी भएको दोहोर्‍याए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ