arrow

अमरेशले तनाव गराएपछि बैठक छोट्टियो, आइतबार छलफलपछि मतदान हुने

logo
प्रकाशित २०७३ साउन ८ शनिबार
Samsad-Bhawan.jpg.jpeg
काठमाडौं । व्यवस्थापिका संसद बैठक आइतबार ११ बजे सम्मका लागि स्थगित भएको छ । सरकारविद्ध माओवादी केन्द्र, कांग्रेससहित १३ दलले गराएको अविश्वास पस्तावबारे छलफल आइतबार पनि हुने भएको छ । आइतबार छलफल सकिएपछि अविश्वास प्रस्तावमा मतदान हुने संसद सचिवालयका प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए । 
 
शुक्रबार माओवादी अध्यक्ष पुष्पकमल दाहालले अविश्वास प्रस्ताव टेबुल गरेपछि प्रारम्भ भएको छलफलमा शनिबार सत्तापक्षबाट एमाले नेता एवं सांसद माधवकुमार नेपाल, बामदेव गौतम, रविन्द्र अधिकारी, माओवादी केन्द्रका सांसद हरिबोल गजुरेल, प्रभु साह, रामनारायण बिडारी, नेपाली कांग्रेसका रमेश लेखक, प्रदीप गिरी, अमरेशकुमार सिंह, मिनेन्द्र रिजाल, तमलोपा नेता सर्वेन्द्रनाथ शुक्ल, सद्भावनाका लक्ष्मणलाल कर्णलगायतले आफ्नो धारणा राखे । 
 
अमरेशले केहीबेर तनाव गराए 
धारणा राख्ने क्रमा कांग्रेस सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामाथि टिप्पणी गरे । उनले भने, ‘डाक्टरले दिएको रिर्पोट अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको मानसिक अवस्था ठीक छैन । उहाँले औषधि खाइरहनु भएको छ । त्यसैको असरले राजीनामा गर्नेबारे सोच्न सक्नु भएन ।’ उनले यत्ति भन्न नपाउँदै एमाले सांसदहरुले नियमापत्ति गरे । 
 
बैठक केही बेर रोकियो । सांसदहरु तनावमा आए । एमाले सांसदहरुले सिंहले बोलेको कुरा संसदबाट हटाउन भनेपछि सभामुख ओनसरी घर्तीले सिंहले बोलेको सो कुरा संसदको रेकर्डबाट हटाउन निर्देशन दिइन् । त्यसपछि मात्रै बैठक पुनः चलेको थियो । पछि केही सांसदहरुले मात्रै धारणा राखे ।
सुरुमा अमरेशले आफु राजनीतिक शास्त्रको विद्यार्थी भन्दै नेपालको राजनीतिक अवस्थाबारे टिप्पणी गरे । पछि प्रधानन्त्रीबारे टिप्पणी गरेपछि सत्ताधारी दलका सांसदहरुले प्रतिवाद गरेका हुन् । पार्टीको निर्देशनमै एमाले सांसदहरुलाई प्रतिवाद गर्न भनिएको छ । यस्तै विवादिन विषय आउने देखेर बैठक छोट्याइएको संसद सचिवालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ