arrow

टी–२० विश्वकपः पाकिस्तान सेमिफाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १७ बुधबार
t20-world-cup-pakistan-semi.jpg

काठमाडौं । पाकिस्तान आईसीसी विश्वकप टी–२० क्रिकेटको सेमिफाइनलमा पुगेको छ । मंगलबार राति अबुधाबीमा भएको खेलमा नामिबियामाथि ४५ रनको जित निकाल्दै पाकिस्तान लगातार चौथो जितसहित सेमिफाइनलमा पुगेको हो । 

समूह २ मा रहेको पाकिस्तान एक खेलअघि नै सेमिफाइमा पुगेसँगै अर्को एक टिमको दाबेदारी पनि सीमित हुँदै गएको छ । पाकिस्तानको ४ खेलबाट ८ अंक छ भने दोस्रो स्थानको अफगानिस्तानको ३ खेलमा ४ अंक रहेको छ । तेस्रो स्थानको न्यूजिल्याण्डको २ खेलबाट २ अंक छ । 

चौथो नामिबियाको ३ खेलबाट २ अंक छ । पाँचौं भारतको २ खेलबाट अंक छैन । भारतको सेमिफाइनलको आशा भने अझै रोकिएको छैन । 

भारतले बाँकी तीन वटै खेलमा जित हासिल गर्दै अफगानिस्तानले न्यूजिल्याण्डलाई हराएमा भारत सेमिफाइनलमा पुग्नेछ । 

पुछारको स्कटल्याण्डको २ खेलबाट अंक छ । उसको पनि सेमिफाइनल प्रवेश गर्ने ढोका बन्द भएको छैन । 

नामिबियाको इनिङ्स 
१९० रनको विजयी लक्ष्य पाएको नामिबियाले २० ओभरमा ५ विकेटको नोक्सानीमा १४४ रनमात्र बनाउन सक्यो । नामिबियाका लागि डेभिड वाइसीले ३१ बलमा नटआउट रहँदै ४३ रन बनाए । 

क्रेग विलियम्सले ३७ बलमा ४० रन बनाए । स्टेफेन बार्डले २९ बलमा २९ रन बनाए । त्यस्तै कप्तान जेहार्ड इरास्मसले १० बलमा १५ रन बनाए । 

पाकिस्तानका हसन अली, इमाद वासिम, हरिस राउफ र शदाब खानले १–१ विकेट लिए । शहीन शाह अफ्रिदी भने विकेटविहीन भए । 

पाकिस्तानको इनिङ्स 
खेलमा पहिले ब्याटिङ्ग गरेको पाकिस्तानले २ विकेटको नोक्सानीमा १८९ रन बनायो । पहिलो विकेटका लागि ११३ रनको साझेदारी भएको इनिङ्समा मोहम्मद रिजवानले ५० बलमा ७९ रन बनाए । 

कप्तान बाबर आजमले ४९ बलमा ७० रन बनाए । मोहम्मद अफिजले १६ बलमा ३२ रन जोडे । फखर जमान भने ५ बलमा ५ रन बनाएर आउट भए । 

डेभिड वाइसी र जान फ्राइलिंकले १–१ विकेट लिए । 

समूह १ को अंक तालिका
दक्षिण अफ्रिका समूह १ को दोस्रो स्थानमा रहेको छ । दक्षिण अफ्रिकाको ४ खेलबाट ६ अंक रहेको छ । 

तेस्रो स्थानको अष्ट्रेलियाको ३ खेलबाट ४ अंक रहेको छ । योसँगै समूह १ बाट सेमिफाइनलमा पुग्ने दावेदारी छोटिँदै गएको छ । ४ खेलबाट ८ अंकको इङ्गल्याण्ड शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगिसकेको छ । 

समूहका अन्य तीन टिमहरु २ अंकका श्रीलंका र वेष्टइन्डिजसँगै अंकविहीन बंगलादेश बाहिरिइसकेका छन् । बंगलादेशले ४ खेलबाट अहिलेसम्म अंक बटुल्न सकेको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ