arrow

काबुलमा गराइएको आत्मघाती विष्फोटमा ८० बढीको मृत्यु, २५० घाइते

logo
प्रकाशित २०७३ साउन ९ आइतबार
cabul.jpg.jpeg
काबुल । वामियान राज्यमा विद्युत् सेवा विस्तारका लागि सरकारसँग माग गर्दै अफगानिस्तानको राजधानी काबुलमा प्रदर्शनमा सहभागी हुन जम्मा भएका अल्पसङ्ख्यक सिया हजारा समुदायको जमघट भएका स्थानमा दूई शक्तिशाली आत्मघाती विष्फोटमा परी कम्तीमा ८० जनाको मृत्यु भएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले २५० जना घाइते भएको जनाएको छ ।  
The explosion killed at least 20 people and injured scores of others during today's Kabul protest march 
घटनाको इस्लामिक स्टेट आइएसले जिम्मेवारी लिएको छ । 
घटनामा तालिवान समूहको संलग्नता नरहेको अफगानी तालिवान समूहले दाबी गरेको छ भने अफगानिस्तानमा खासै मजबुत संगठन नभएको मानिएको इश्लामिक स्टेटले घटनाको जिम्मेवारी लिएको हो । 
 
Survivors were treated at the scene and rushed away by ambulances amid chaotic scenes in the city 
शान्तिपूर्ण प्रदर्शनका लागि काबुलमा जम्मा भएका प्रदर्शनकारीमाथि गरिएको आततायी घटनाको एम्नेस्टी इन्टरनेसनलले निन्दा गरेको छ । 
 
Thousands of minority Shiite Hazaras demonstrate in Kabul on shortly before the terrorist attack 
अफगानी राष्ट्रपति असरफ घानीले घटनाप्रति गहिरो दुःख प्रकट गर्दै केही सुरक्षाकर्मीसहित दर्जनौँ मानिसको मृत्यु हुने गरी गराइएको विष्फोटको घटनाले आफूलाई स्तब्ध तुल्याएको बताएका छन् । 
 
राष्ट्रपतिको कार्यालयले एक विप्ति जारी गर्दै शान्तिपूर्ण प्रदर्शनम सहभागी हुन पाउने सबै अफगानी नागरिकको अधिकार भएको बताउँदै प्रदर्शनकारीको सुरक्षाका लागि सरकार संवेदनशील रहँदारहँदै आतङ्ककारी समूहबाट घुसपैठ भई भएको घटनाले राष्ट्रलाई नै स्तब्ध बनाएको बताइएको छ । 
Hudnreds of people were wounded after the two terrorists detonated their explosives amid the massive crowd 
 
एसियाली राष्ट्रहरु तुर्कमिनिस्तान, उज्वेकिस्तान ताजकिस्तान, अफगानिस्तान र पाकिस्तान विद्युत् प्रसारण लाइन ९५०० किलोभोल्टको निर्माणबाट विद्युत् सेवा विस्तार हुने आश गरेका वामियान क्षेत्रका नागरिकले सरकारले उक्त परियोजनालाई आर्थिक रुपमा सुलभ हुने भन्दै हिमालयन क्षेत्र सलाङ्पास हुँदै लाने गरी परिवर्तन गरेपछि प्रदर्शनका लागि राजधानी पुगेका थिए । 
ISIS claimed responsibility for the attack which has killed at least 60 people and injured more than 200 with further casualties expected
The powerful blasts ripped through the crowds maiming and killing dozens of people despite a heavy security presence
The Shiite Hazaras wanted to be connected to a proposed powerline which will bypass their region leaving them without electricity



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ